Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा, त्यसका आधार के हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको हुन सक्ने केही आधारहरू इजरेली पक्षले दिएको नेपाली अधिकारीहरूले बताएका छन्।

गत नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको इजरेली सेनाले जनाएको थियो। अक्टोबर ७ को उक्त भिडिओमा देखिएका व्यक्ति आफ्ना भाइ नै रहेको विपिनका दाजु किशोर जोशीले बीबीसी न्यूज नेपालीसँग बताए।

तर त्यसपछिका दिनहरूमा विपिन जोशीको अवस्थाबारे इजरेल र नेपालका अधिकारीहरूसँग कुनै जानकारी छैन। इजरेली अधिकारीहरूले जोशी हमासको कब्जामा रहेका केही आधारहरू त्यस बेला पनि नेपाली पक्षलाई दिएका थिए।

पछिल्ला कुराकानीमा पनि इजरेली पक्षले जोशी जीवितै रहेको हुन सक्ने सङ्केत गरेको हालै इजरेलबाट फर्किएकी निवर्तमान राजदूत कान्ता रिजालले बताइन्।

गत अक्टोबर ७ मा हमासले इजरेली सीमा क्षेत्रमा प्रवेश गरेर गरेको आक्रमणका क्रममा बन्धक बनाइएको ठानिएका २४० जनामध्ये १२० जना अझै बन्धक रहेको ठानिएको छ। हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा बन्धक बनाइएकामध्ये नेपालका जोशी पनि भएको ठानिएको छ।

इजरेल र हमासबीच भएको सङ्घर्षविरामका क्रममा केही बन्धकहरू रिहा भए पनि हमासले जोशीलाई रिहा गरेको थिएन।

परराष्ट्रमन्त्रीले के भनिन्

विपिन जोशीको अवस्थाबारे बुझ्न उनको परिवार कञ्चनपुरबाट काठमाण्डू आएको छ। नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवासँग सोमवार भेट गरेको परिवारले प्रधानमन्त्री केपी ओलीसँग पनि भेटका लागि पहल भइरहेको विपिन जोशीका दाइ किशोर जोशीले बताए।

“भाइको अहिलेसम्म समाचार नआएको कुरालाई आधार मानेर अझैसम्म आशा छ भन्ने कुरा उहाँले [परराष्ट्रमन्त्री आरजु राणा देउवाले] भन्नुभयो,” किशोर जोशीले भने, “उहाँले प्रयास भइरहेको छ, मैले भ्याएसम्म सबै निकायबाट कूटनीतिक माध्यमको प्रयोग गर्छु भन्नुभएको छ।”

जोशीको परिवारका अनुसार अल-शिफा अस्पतालको दृश्यमा देखिएपछिको अवस्थाबारे कसैले बताउन सकेको छैन।

“उहाँसँग पनि त्यही अक्टोबर ७ यताको जानकारी छैन,” उनले भने। परराष्ट्रमन्त्रीले त्यसपछिको अवस्थाबारे कुनै पनि पक्षबाट जानकारी नपाएको जबाफ आफूहरूलाई दिएको जोशीले बताए।

जोशीको परिवारले सोमवार नै हालै इजरेलबाट फिर्ता भएकी राजदूत कान्ता रिजालसँग पनि भेट गरेको थियो।

इजरेली पक्षले राखेको आशा

सरकारको निर्णयसँगै इजरेलबाट फिर्ता भएकी निवर्तमान राजदूत रिजालले आफू नेपाल आउनुअघि आफूले उद्धारमा समन्वय गरिरहेका इजरेली अधिकारीहरूसँग भेट गरेको बताइन्।

दुई साताअघि भएको भेटमा इजरेली पक्षले आफूलाई जोशी जीवितै रहेको हुन सक्ने आशा गरेको जबाफ दिएको उनी बताउँछिन्।

“हामी सबैलाई थाहा छ विपिन जोशीलाई अस्पतालको दृश्यमा देखिएको थियो। त्यो भनेको चाहिँ उहाँलाई जीवितै गाजामा पुर्‍याइएको भन्ने प्रमाण थियो। त्योभन्दा अरू केही प्रमाण थिएन,” रिजालले  भनिन्।

“अस्ति म गएको बेला चाहिँ उहाँहरूले ... विपिनलाई अक्टोबर ७ मा जीवितै र त्यहाँ अस्पतालबाट पनि उहाँलाई राम्रै अवस्थामा बाहिर लगेको भन्ने सूचना छ भन्नुभएको छ।”

“त्यसो भएको भएर म चाहिँ एकदमै धेरै आशावादी छु कि विपिन जोशी एकदमै राम्रो अवस्थामा हुनुहुन्छ र उहाँ एक दिन फर्किनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ।”

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सोमवार मात्रै सिफारिस भएकी रिजालले विपिन मुक्त नहुँदै इजरेलबाट आफू फर्किनुपर्दा "नरमाइलो" लागेको सुनाइन्।

'नराम्रो खबर नआउनु पनि राम्रो हो'

गत नोभेम्बरमा भएको सङ्घर्षविरामपछि पनि इजरेलले केही बन्धकहरूको जीवितै उद्धार गरेको छ भने केही बन्धकको उद्धारका क्रममा मृत्यु भएको पनि विवरण आएका थिए।

“बन्धकहरू विभिन्न अवस्थामा छन्। कसैको अक्टोबर ७ मै मृत्यु भएको पनि पत्ता लगाएर निकालिरहेको छ भने कतिपयलाई जीवितै पनि उद्धार भएको छ,”  निवर्तमान राजदूत रिजालले भनिन्।

हमासको हमलामा परेर 'लर्न एन्ड अर्न' कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो। पछिल्लो समय इजरेलले विदेशी बन्धकहरूलाई पनि आफ्नै देशका नागरिकसरह एउटै श्रेणीमा राखेर उद्धारको पहल गरिरहेको रिजालको भनाइ छ।

आफूले नियमित रूपमा बन्धकहरूको अवस्थाबारे बुझ्ने गरेको र कतिपय अवस्थामा केही जानकारी नआउँदा पनि आफूलाई राहत महसुस हुने गरेको उनले बताइन्।

“कति समाचारहरू शव फेला पारेका पनि आउँदाखेरि हामीले विपिनबारे खबर नआएको पनि राम्रो समाचार हो भन्थ्यौँ,” उनले भनिन्।

“विपिन जोशीबारे नराम्रो खबर अहिलेसम्म केही छैन, त्यस कारण पनि उहाँ राम्रै अवस्थामा हुनुहुन्छ भन्ने हामीलाई आशा छ।”

हमासको आक्रमणपछि पनि विपिन जोशीको मोबाइल फोन इजरेली सीमाबाहिर गाजा क्षेत्रमा केही बेर ‘सक्रिय’ रहेको पाइएको अधिकारीहरूले बताएका थिए।

नेपालको पहल

विपिन जोशी रहेको कृषि फर्म र त्यस आसपासमा हमासको आक्रमणमा मारिएका र शव पहिचान हुन नसकेकाहरूसँग विपिन जोशीको डीएनए परीक्षण गर्दा कसैको पनि डीएनए मिलेको थिएन।

उनी बेपत्ता भएपछि नेपालबाट उनका आमाबुवाको डीएनएको नमुना लगिएको थियो। इजरेली सुरक्षाकर्मीले सङ्कलन गरेका शवहरूको डीएनएसँग तुलना गरेर हेरिएको थियो।

परराष्ट्रमन्त्रीले सोमवार विपिन जोशीको परिवार र गत साता संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पनि विपिन जोशीको रिहाइका लागि पहल भइरहेको बताएकी थिइन्।

सरकारले इजरेल-हमास युद्ध रोक्न मध्यस्थता गरिरहेका कतार, इजिप्टसहितका देशमार्फत् जोशीको रिहाइका लागि पहल गर्दै आएको थियो। परराष्ट्रमन्त्री राणाले संसदीय समितिमा अमेरिकासँग पनि यसका लागि पहल गरिने जबाफ दिएकी छन्। 
बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending