Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

जिल्ला कारागार खोटाङमा कैदीबन्दीबिच कुटाकुट

खबरडबली संवाददाता

खोटाङ । जिल्ला कारागार खोटाङका कैदीबन्दीबीच झडप भएको छ । कारागारमा रहेका तीन कैदीले एकआपसमा कुटाकुट गरेको बताइएको छ ।

कारागारका नाइके कैदी रोहिणी कार्की तथा कैदी सन्तोष परियार र सुवास बिकबिचमा बुधबार साँझ कुटाकुट भएको कारागारका प्रशासक सोमप्रसाद आचार्यले जानकारी दिए । कैदी सन्तोष र सुवासको आक्रमणबाट रोहिणीको बायाँ हातमा चोट लागेको छ । आफूमाथि प्रहार भएको बेल्चा छेक्ने क्रममा उनको हातमा चोट लागेको हो । घटनालगत्तै जिल्ला अस्पतालमा लगेर उनको हातमा प्लाष्टर गरिएको आचार्यले बताए ।    

झगडामा सन्तोष र सुवासको टाउकोमा पनि समान्य चोट लागेको छ । घट्ना दोहोरिन सक्ने सम्भावनालाई विचार गर्दै सन्तोष र सुवासलाई अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । कैदीबिचमा कुटाकुट भएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम खड्का कारागार पुग्नुभएको थियो । 

कारागारमा खटिएका प्रहरीको सहयोगमा झगडालाई केहीछिनमै साम्य पारिएको कारागार प्रशासक आचार्यले बताए ।  

सन्तोष र सुवासलाई चार-पाँच महिनाअघि मात्रै झापा र झुम्काबाट दिक्तेल कारागार सारिएको थियो । उनीहरुले कारागारमा ‘ग्रुपिजम’ सुरु गरेपछि तनावको स्थिति सिर्जना भएको बताइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्तीमा पनि डोजर

काठमाडौँ। काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका...

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending