खोटाङ । जिल्ला कारागार खोटाङका कैदीबन्दीबीच झडप भएको छ । कारागारमा रहेका तीन कैदीले एकआपसमा कुटाकुट गरेको बताइएको छ ।
कारागारका नाइके कैदी रोहिणी कार्की तथा कैदी सन्तोष परियार र सुवास बिकबिचमा बुधबार साँझ कुटाकुट भएको कारागारका प्रशासक सोमप्रसाद आचार्यले जानकारी दिए । कैदी सन्तोष र सुवासको आक्रमणबाट रोहिणीको बायाँ हातमा चोट लागेको छ । आफूमाथि प्रहार भएको बेल्चा छेक्ने क्रममा उनको हातमा चोट लागेको हो । घटनालगत्तै जिल्ला अस्पतालमा लगेर उनको हातमा प्लाष्टर गरिएको आचार्यले बताए ।
झगडामा सन्तोष र सुवासको टाउकोमा पनि समान्य चोट लागेको छ । घट्ना दोहोरिन सक्ने सम्भावनालाई विचार गर्दै सन्तोष र सुवासलाई अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । कैदीबिचमा कुटाकुट भएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम खड्का कारागार पुग्नुभएको थियो ।
कारागारमा खटिएका प्रहरीको सहयोगमा झगडालाई केहीछिनमै साम्य पारिएको कारागार प्रशासक आचार्यले बताए ।
सन्तोष र सुवासलाई चार-पाँच महिनाअघि मात्रै झापा र झुम्काबाट दिक्तेल कारागार सारिएको थियो । उनीहरुले कारागारमा ‘ग्रुपिजम’ सुरु गरेपछि तनावको स्थिति सिर्जना भएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८२ - १७:१०
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने धारणा...
आषाढ़ १ गते, २०८२ - १६:५२
काठमाडौँ। क्राान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्यमा सुधार देखिएको छ । दुई हप्तादेखि त्रिवि शिक्षण अस्पतालको सघन उप...
आषाढ़ १ गते, २०८२ - १६:४५
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ जेठ ३१ गतेसम्म संकलित राजस्व गत ...
आषाढ़ १ गते, २०८२ - १६:१६
काठमाडौँ । प्रमुख प्रतिपक्षी माओवादीका उपमहासचिव वर्षमान पुनले रास्वपाका सांसदहरुले संसद्को वेल घेराउ गरिरहेको बेला सत्तारुढ दलहरू संयमित भएर प्रस्तुत...
आषाढ़ १ गते, २०८२ - १६:०४
काठमाडौं। देशका विभिन्न स्थानबाट हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुरमा आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको ...
आषाढ़ १ गते, २०८२ - १५:५६
हेटौँडा। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट साँझ घोषणा हुनेछ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प...
आषाढ़ १ गते, २०८२ - १५:४७
काठमाडौँ । साताको पहिलो अर्थात आइतबार नेप्से परिसूचक झिनो अंक (०.४७ अंक)ले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ०.०१ प्रतिशतले बढ्दा समग्र...
आषाढ़ १ गते, २०८२ - १५:२७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी भिजिट भिसाको समस्या समाधान गर्ने पक्षमै रहेको बताएका छन् । । आइतबार प्रतिनिधि स...
आषाढ़ १ गते, २०८२ - १५:१०
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीबृज भाँचिएकाले तत्काल त्यहाँ अर्को पुलको व...
आषाढ़ १ गते, २०८२ - १४:५१
काठमाडौं । नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक नलाउन प्रतिपक्षी दलहरूले गरेको विरोधलाई सभामुख देवराज घिमिरे पेलेरै अगाडि बढेका छन् । प्रतिपक्षमा रहेक...
प्रतिकृया लेख्नुहोस्: