काठमाडौं । न्यूजिल्यान्डमा एक जना महिलालाई २ महिनाको जेल सजाय सुनाइएको छ । घरमा पालेको कुकुरलाई अत्यधिक खुवाएर मारेको आरोपमा नाम नखुलाइएको ती महिलालाई सो सजाय सुनाइएको हो ।
धेरै खाएकै कारण नुगी नाम गरेको सो कुकुर हिँड्न समेत नसक्ने गरी मोटो भएको थियो । सन् २०२१ को अक्टोबरमा अकल्यान्डस्थित घरबाट पशुमाथि हुने क्रूरता रोक्न बनेको संस्था (सीपीसीए)ले उद्धार गर्दा नुगीको तौल ५३ दशमलव ७ केजी थियो । उसका साना खुट्टाले शरीरको तौल थेग्नै सक्दैनथ्यो ।
१० मिटरको दूरी पार गर्न पनि पटक पटक रोकिएर हिँड्नु पर्थ्यो । कुकुरको ज्यानमा यति धेरै बोसो थियो कि भेटनरी डाक्टरले जाँच्ने बेलामा मुटुको धड्कन सुन्नै सक्दैनथे । हिँड्नै नसक्ने भएर जति बेला पनि सुतिरहँदा कुकुरको कुहिना र पेटमा घाउ नै घाउ थियो ।
नुगीको मालिकले उसलाई दिनकै ८/१० टुक्रा मासु र बिस्कुट खुवाउँथे । तर उसको स्थितिलाई बेवास्ता गर्दै उसको मालिक चाहिने भन्दा बढ्दा खुवाउन बन्द गरेनन् ।
सीपीसीएले उद्धार गरेपछि कुकुरको तौल झन्डै नौ किलो घटेको थियो । तर अत्यधिक तौलका कारण नुगीमा कलेजोमा रोग लगायत अनेक समस्या देखिएको थियो । कलेजोमा समस्याकै कारण उद्धार गरिएको केही महिनामै कुकुरको मृत्यु भयो ।
गएको हप्ता मानुकाउ जिल्ला अदालतले नुगीको मालिकलाई १ हजार १२२ न्यूजील्यान्ड डलर जरिवाना तिर्न आदेश दिँदै एक वर्षसम्म घरमा कुकुर पाल्न अयोग्य ठहर गरेको छ । साथै दुई महिनाको जेल सजाय पनि सुनाएको समाचारमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: