Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

चट्याङले विद्युत् ट्रान्सफर्मर जल्दा ९० घर उपभोक्ता तीन दिनदेखि अन्धकारमा

खबरडबली संवाददाता

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ९० घर विद्युत् उपभोक्ता तीन दिनदेखि अन्धकारमा बस्न बाध्य बनेका छन् । साउन १५ गते साँझ वर्षासँगै परेको चट्याङले ट्रान्सफर्मर जलेपछि खार्मीस्थित सोती, फूलबिसौना, डढेली र खत्रीगाउँमा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् । 

चट्याङले जलेको ट्रान्सफर्मर मर्मतका लागि तीन दिनपछि प्राविधिक टोली आए पनि अर्को फेर्नुपर्ने भन्दै फर्किएको स्थानीय विक्रम राईले बताए । “विद्युत् अवरुद्ध भएपछि प्राविधिकलाई पटक–पटक फोन ग¥यौँ । तीन दिनपछि आज आउनुभएको थियो । तर अर्को ट्रान्सफर्मर फेर्नुपर्छ भन्दै मर्मत नै नगरी फर्किनुभयो”, उनले भने, “तीन दिनदेखि हामी अन्धकारमा बस्न बाध्य छौँ । कहिले पुनःसञ्चालन गरिदिने हो टुङ्गो छैन । प्राधिकरणको बेवास्ताले हामी मारमा परेका छौँ ।”

तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा मोबाइल फोन स्वीच अफ हुनुका साथै कुटानीपिसानीका काम गर्ने मिलसमेत बन्द भएको स्थानीयले बताएका छन् । आफ्नो गाउँमा विद्युत् सञ्चालन भएपछि उज्यालोका लागि त्यसअघि प्रयोग हुँदै आएको टुकीसमेत विस्थापन गरिएकाले समस्या भएको उपभोक्ताहरुले बताएका छन् । 

अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ता आफैँले अर्को ट्रान्सफर्मर ढुवानी गरेर ल्याउनुपर्ने भन्दै निरीक्षणमा आएको प्राविधिक फर्किएको स्थानीय बासिन्दा एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङका सदस्य हर्कराज राईले जानकारी दिए ।

“हामीले महसुल तिर्ने हो । महसुल तिरिसकेपछि बिग्रिएको ठाउँमा विद्युत् प्राधिकरणले मर्मत गर्नुपर्छ”, उनले भने, “प्राधिकरणका कर्मचारी गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुनुभयो । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

खार्मीसँगै निर्मलीडाँडा र बाहुनीडाँडामा जडान गरिएको विद्युत्को ट्रान्सफर्मरसमेत साउन १५ गतेको चट्याङले जलेको जनाइएको छ । विद्युत् ट्रान्सफर्मर जलेपछि निर्मलीडाँडा र बाहुनीडाँकाका स्थानीय उपभोक्ता अन्धकारमा बस्न बाध्य छन् । 

दश स्थानीय तह रहेको जिल्लामा अन्य ठाउँमा पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको छ । पटकपटक अवरुद्ध हुँदै आएको विद्युत् प्राधिकरणले समयमा मर्मत गरेर पुनःसञ्चालनमा नल्याउँदा उपभोक्ता हैरानीमा पर्ने गरेका छन् । 

जिल्लामा सञ्चालन गरिएको विद्युत् छिनछिनमा आउने तथा छिनछिनमा जाने समस्याले घरमा जडान गरिएका मिटरबक्स, फ्युज तथा बल्ब जल्ने गरेको उपभोक्ताले बताएका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको विद्युत प्राधिकरणले बताउँदै आएको छ । 

ट्रान्सफर्मर जलेर अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउनका लागि पहल भइरहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख सोवितबहादुर क्षेत्रीले बताए । “साउन १५ गतेको चट्याङले तीन ठाउँको ट्रान्सफर्मर जलेको भन्ने जानकारी प्राप्त भएको छ । तीनवटै ठाउँमा नयाँ ट्रान्सफर्मर जडान गरेपछि मात्र विद्युत् सञ्चालन गर्न सकिन्छ”, उनले भने, “कार्यालयमा गाडी नभएका कारण ट्रान्सफर्मर पठाउन सकिएको छैन । कार्यालयको गाडी विराटनगर गएको छ । उताबाट फर्किएपछि पठाउने तयारी गरेका छौँ ।”

पछिल्लो समय ३३ केभी प्रसारण लाइनमा आएको समस्याका कारण जिल्लामा सञ्चालन गरिएको विद्युत्मा समस्या आएको दिक्तेल वितरण केन्द्रका प्रमुख क्षेत्रीले बताए । विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् जिल्लाका सबै स्थानीय तहमा विस्तार पुगेको छ । 

जिल्लामा विस्तार गरिएको विद्युत् पानी पर्दा, हावा चल्दा र बाढी तथा पहिरो आउनासाथ अवरुद्ध हुने गरेको छ । वर्षात्को समयमा अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउन प्राधिकरणले हप्ता दिनसम्म लगाउने गरेको छ । 

वर्षात्को समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्राधिकरणले प्रसारण लाइन वरपर रहेको झाडी फाँड्ने गरेको छ । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइँपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुगरी तीन जिल्लामा विस्तार गरिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending