Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

२६ केजीसम्म निकासी हुने यार्सागुम्बा अब आधा केजी मात्रै !

खबरडबली संवाददाता

म्याग्दी। यार्सागुम्बाको सङ्कलन तथा निकासी हुने हिसाबले हेर्दा निकै धेरै हुने जिल्लाका रुपमा रहेको म्याग्दीमा पछिल्लो समय राज्यको निकायमा अनुमति लिन आउने सङ्ख्या न्यून हुँदै गएको छ ।

गत आर्थिक वष २०८०/०८१ मा म्याग्दीबाट आधा केजी यार्सागुम्बाका लागि मात्रै सङ्कलन तथा छोडपुर्जी डिभिजन वन कार्यालयले जारी गरेको छ । यार्सागुम्बाको सङ्कलनका लागि अनुमति लिनेको परिणाम कम हुँदा राज्यले सङ्कलन गर्ने राजस्व घट्नु पनि स्वभाविक हो ।

डिभिजन वन कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा जडिबुटीको सङ्कलन तथा छोडपुर्जी बापत ८१ हजार छ सय रुपियाँ मात्रै राजस्व सङ्कलन गरेको छ । डिभिजन वन अधिकृत चन्द्रमणी सापकोटाका अनुसार गत आर्थिक वर्षको वैशाखमा यार्सागुम्बा सङ्कलन, मह र मइन सङ्कलनबाट १९ हजार छ सय रुपियाँ, राजस्व सङ्कलन गरेको छ ।

यार्सा गुम्बाको १५ हजार पाँच सय रुपियाँ र मह र मइनबाट बाँकी गरी उक्त रकम सङ्कलन गरेको हो । २०८० पुसमा ५४ हजार एक सय, माघमा पाँच हजार रुपियाँ, चैतमा दुई हजार नौ सय रुपियाँ गरी कुल ८१ हजार छ सय रुपियाँ राजस्व वापत रकम सङ्कलन भएको सापकोटाको भनाइ छ ।

त्यस्तै, अन्य वन पैदवार पुरु निकासीबाट पाँच हजार तीन सय ५१ रुपियाँ राजस्व सङ्कलन भएको थियो । डिभिजन वन कार्यालय म्याग्दीले जडिबुटि, वन पैदावर राजस्व, भ्याट तथा प्रदेश सेवा शुल्क गरी कुल एक लाख ९२ हजार तीन सय रुपियाँ आम्दानी गरेको वन अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय म्याग्दीले मजिठो, पानी अमला, मह, यार्सागुम्बा, लोक्ता, विष, नागबेली, खिरौलो, निरमसी, बनालु, कुट्की, जटामसी, रातो च्याउ र मइनको सङ्कलन तथा बिक्री अनुमति प्रदान गरेको जनाएको छ ।
त्यस्तै अन्य वन पैदवारअन्तर्गत पाँच हजार तीन सय ५१ गोटा फुरु निकासी अनुमती प्रदान गरेको थियो ।

पछिल्लो समय २०६८/०६९ तिर यार्सागुम्बा सङ्कलन तथा छोडपुर्जीका लागि ठूलो परिणामको अनुमति प्रदान गरीएको उहाँको भनाइ छ । उक्त समयमा म्याग्दी जिल्लाबाट २६ केजी यार्सागुम्बाको सङ्कलन तथा छोडपुर्जी जारी गरिएको थियो । त्यसभन्दा पछि कहिल्यै पनि त्यो परिणाममा अनुमति प्रदान नगरिएको र गत वर्ष त मात्रै आधा केजीका लागि अनुमति प्रदान गरेका छौं, वन अधिकृत चन्द्रमणी सापकोटाले बताए

राज्यको तबरबाट हुने नीतिगत सुधार र राज्यको आम्दानीका बारेमा राम्रोसँग व्यवस्थापन गर्न नसक्दा वन तर्फको आम्दानी घटेको हुन सक्ने बेनी नगरपालिका ७ का ८३ वर्षीय पहलबहादुर खत्रीको भनाइ छ । नीति बलियो हुँदै गर्दा पनि कार्यान्वयनको पाटो फितलो भएको हुनाले राजस्व सङ्कलनमा कमि आएको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending