Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

युक्रेनलाई पहिलो एफ-१६ जेट प्राप्त तर अझै अपर्याप्त

खबरडबली संवाददाता

किएभ । युक्रेनलाई अमेरिकामा बनेको एफ–१६ लडाकू विमानहरूको पहिलो खेप प्राप्त भएको छ  ।  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी सेनालाई परास्त गर्न थप विमान आवश्यक रहेको बताएका छन् ।

दुई वर्षभन्दा बढी समयदेखि युक्रेनले विमानका लागि पश्चिमी साझेदारहरूसँग अनुरोध गरेको थियो । किएभले मागेको एफ–१६ लडाकू विमानलाई लामो समयदेखि सैन्य हार्डवेयरको विशाल सूचीमा मुकुट रत्न मानिन्छ । 

“हामीले प्रायः ‘असम्भव’ शब्द सुनेका छौँ, अब यो वास्तविकता हो, हाम्रो आकाशमा वास्तविकता, युक्रेनमा एफ–१६, हामीले यो पूरा गर्यौँ”, आफू माथिबाट एफ–१६ विमानले उडान भरेका बेला उनले घोषणा गरे । 

युक्रेनी त्रिशूलले ब्रान्ड गरिएका दुई खरानी रङका आंशिक रूपमा ढाकिएको एफ–१६ जस्तै देखिने अगाडि जेलेन्स्की उभिएका थिए । पत्रकारहरूलाई सुरक्षाका कारण यसको खुलासा नगर्न भनिएको थियो । 

“यी विमानहरूमा निपुणता हासिल गरिरहेका हाम्रा सबै केटाहरूमा मलाई गर्व छ र पहिला नै हाम्रो मुलुकका लागि यसको प्रयोग सुरु गर्न थालिसकेका छन्”, जेलेन्स्कीले भने ।

उनले कति जेट पठाइएका थिए र ती जेटका विशिष्ट कामका बारेमा टिप्पणी गर्न अस्वीकार गरे । यद्यपि एएफपीका पत्रकारहरूले घटनास्थलमा कम्तीमा दुई वटा एफ–१६ देखेका छन् । 

किएभका सेनाले हालैका साताहरूमा रुसी सैनिकको अग्रतालाई रोक्न सङ्घर्ष गरिरहेका बेला यो घोषणालाई सम्भवतः धेरैले स्वागत गर्नेछन् ।  लडाकू विमानहरूको आगमनले युक्रेनलाई रुसी बमबारीबाट स्वयंलाई राम्रो तरिकाले बचाउन सक्षम बनाउने किएभले अपेक्षा गरेको छ । एफ–१६ विमानलाई उसको सटीकता, गति र दायराका लागि जानिन्छ । 

अपर्याप्त

यद्यपि जेलेन्स्कीले अझ धेरै एफ–१६ आवश्यक रहेको बताएका छन् । “युक्रेनमा हामीसँग जतिवटा एफ–१६ विमान छन् र जति पाइलट पहिला नै प्रशिक्षित भइसकेका छन् त्यो अनुसार पर्याप्त छैन भन्ने हाम्रा साझेदारहरूलाई थाहा छ”, उनले भने, “हामीले थप एफ–१६ को अपेक्षा गरिरहेका छौँ ।”

धेरै नाटो मुलुकले विभिन्न सङ्ख्यामा लडाकू विमानहरू आपूर्ति गर्ने वाचा गरेका छन् र महिनौँदेखि युक्रेनी  पाइलट र चालक दललाई प्रशिक्षण दिइरहेका छन् ।  जेलेन्स्कीले डेनमार्क, नेदरल्यान्ड्स, अमेरिका र अन्य सहयोगीहरूलाई धन्यवाद दिँदै भने, “हाम्रा केटाहरूले धेरै तालिम लिइरहेका छन् ।”

हालैका महिनाहरूमा रुसी हवाई अभियानका बीचमा राष्ट्रपति जेलेन्स्कीले सहयोगीहरूसँगको बैठकमा युक्रेनलाई राम्रो हवाई सुरक्षाको आवश्यकतालाई आफ्नो एजेन्डाको सबैभन्दा माथि राखेका छन् ।

मे महिनामा एएफपीसँगको अन्तरवार्तामा जेलेन्स्कीले युक्रेनलाई रुसी वायु शक्तिसँग समानता हासिल गर्न करिब एक सय ३० वटा एफ–१६ को आवश्यकता रहेको बताएका थिए । यद्यपि युक्रेनका साझेदारहरूले अहिलेसम्म एक सयभन्दा पनि कम एफ–१६ पठाउने वाचा गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending