Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

देशका विभिन्न स्थानमा आएकाे बाढी, पहिरोलगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी १ सय ५४ जनाको मृत्यु भएको हो । 

यस्तै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी १ सय ८६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । 

काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १ सय ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४७ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले बताएको छ । ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ३८ घर परिवार विस्थापित भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा स्कुटर दुर्घटनामा परी दुई जनाको मृत्यु

गुल्मी । गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिकाको मजुवादेखी शान्तिपुर जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर स...

नेपाल इन्टरनेशनल च्यालेन्जमा मलेसियाले पायाे तीन विधामा उपाधि

काठमाडौं । योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४ मा मलेसियाले तीन विधामा उपाधि हात पारेको छ । मलेसियाले पुरुष युगल, महिला युगल र मिक्स युग...

नेपालगन्ज मेडिकल कलेजले शुल्क बढाएकाेप्रति एमालेकाे विराेध

बाँके । नेकपा (एमाले) बाँकेले नेपालगन्ज मेडिकल कलेजले सेवाग्राहीबाट ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुल्...

एनआरटी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

पाँचथर । न्युरोड टिम (एनआरटी) ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीबार भएको खेलमा एनआरटीले सहलेस क्लब सिराह...

रविको तीन घण्टा लामाे बयान, आराेप अस्विकार, भोलि पनि बयान हुने

पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्...

बिओपी बेल्हीका इन्सपेक्टर मुख्यालय तानिए

सप्तरी । आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरीका बिओपी बेल्हीका इन्सपेक्टरलाई मुख्यालयमा तानिएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) ले बिओपी बेल्हीका...

ललितपुरका बाढीपहिरो प्रभावित परिवारलाई खानेपानी फिल्टर

ललितपुर । ललितपुरकाे गोदावरी नगरपालिका–३ का बाढीपीडित परिवारलाई खानेपानी फिल्टर वितरण गरिएको छ । बाढीपहिरो प्रभावित तथा मानसिक रोगका विरामी भएका परिवा...

बागमतीकाे सिटीइभिटी कार्यकारी निर्देशकमा लामा

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटीइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा न्वाकोटकी शान्ती ...

सर्वाेच्चद्वारा ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश

काठमाडाैं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटिको निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । शारङ्गा सुबेदीको एकल इजलासले बिहीबार निर्वाचनको सन्र्दभमा कार...

सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy