नयाँदिल्ली । पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ । सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सिआइआई) सँगको सहकार्यमा तीन दिने कार्यक्रमको आयोजना गर्नेछ ।
विदेश मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार विदेश मन्त्री एस जयशङ्करले सम्मेलनको उद्घाटन गर्ने छ भने केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयललगायतका नेताहरूले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
सम्मेलनमा व्यापार, वाणिज्य, उद्योगका साथै ऊर्जा क्षेत्रका समस्याबारे बिमस्टेक सदस्य राष्ट्रका मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, उद्यमीलगायतको सहभागितामा छलफल हुनेछ । मन्त्रालयले सम्मेलनको पहिलो उद्देश्य बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बे अफ बङ्गाल इनिसिएटिभ (बिमस्टेक) का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्ने रहेको जनाएको छ ।
कार्यक्रम आर्थिक सहकार्य सहज बनाई व्यापार, ऊर्जा सुरक्षा, दिगो विकासललगायतमा केन्द्रित रहने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १९:३७
गुल्मी । गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिकाको मजुवादेखी शान्तिपुर जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर स...
पौष ११ गते, २०८१ - १९:३५
काठमाडौं । योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४ मा मलेसियाले तीन विधामा उपाधि हात पारेको छ । मलेसियाले पुरुष युगल, महिला युगल र मिक्स युग...
पौष ११ गते, २०८१ - १९:३०
बाँके । नेकपा (एमाले) बाँकेले नेपालगन्ज मेडिकल कलेजले सेवाग्राहीबाट ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुल्...
पौष ११ गते, २०८१ - १८:५४
पाँचथर । न्युरोड टिम (एनआरटी) ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीबार भएको खेलमा एनआरटीले सहलेस क्लब सिराह...
पौष ११ गते, २०८१ - १८:५०
पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्...
पौष ११ गते, २०८१ - १८:४०
सप्तरी । आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरीका बिओपी बेल्हीका इन्सपेक्टरलाई मुख्यालयमा तानिएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) ले बिओपी बेल्हीका...
पौष ११ गते, २०८१ - १८:१४
ललितपुर । ललितपुरकाे गोदावरी नगरपालिका–३ का बाढीपीडित परिवारलाई खानेपानी फिल्टर वितरण गरिएको छ । बाढीपहिरो प्रभावित तथा मानसिक रोगका विरामी भएका परिवा...
पौष ११ गते, २०८१ - १८:११
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटीइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा न्वाकोटकी शान्ती ...
पौष ११ गते, २०८१ - १८:०७
काठमाडाैं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटिको निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । शारङ्गा सुबेदीको एकल इजलासले बिहीबार निर्वाचनको सन्र्दभमा कार...
पौष ११ गते, २०८१ - १८:०४
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य...
प्रतिकृया लेख्नुहोस्: