काभ्रेपलाञ्चोक। ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित सङ्ग्रहालयमा एक वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकले अवलोकन गरेका छन् । सङ्ग्रहालय पनौतीस्थित इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने धेरैजसो बाहिरी पर्यटक यस सङ्ग्रहालयमा अवलोकन गर्ने जनाइएको छ ।
ऐतिहासिक सहर पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो सङ्ग्रहालय जिल्लाकै पहिलो र एकमात्र सङ्ग्रहालय हो । सङ्ग्रहालय प्रमुख राजेन्द्र महाजूका अनुसार बितेको आर्थिक वर्षमा उक्त सङ्ख्या केही वर्षदेखिकै उच्च हो । “यसको महत्व बुझेका सबैजसो पर्यटक यहाँ आउँछन्, केही वर्षदेखि यहाँ आउनेको सङ्ख्या वृद्धि भइरहेको छ”, महाजूले भने । उनका अनुसार अघिल्लो वर्ष करिब चार हजार स्वेदेशी–विदेशी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका थिए ।
सङ्ग्रहालयमा अवलोकन गर्न विभिन्न स्थानबाट बर्सेनि सयौँको सङ्ख्या विद्यार्थी पनि आउने गरेको महाजूले बताए । सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी र स्वेदेशी पर्यटक तथा विद्यार्थीलाई भने फरकफरक शुल्क तोकिएको छ । करिब १५ वर्षअघि धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउने सामग्री एवं पहिचानका भण्डारका रूपमा सङ्ग्रहालय स्थापना गरिएको थियो । विसं २०६७ मा पनौती नगर कार्यालयले सञ्चालनमा ल्याएको यस सङ्ग्रहालयमा जिल्ला तथा विशेषगरी पनौतीका पुराना र ऐतिहासिक वस्तुको संरक्षण गरिएको हो ।
सङ्ग्रहालयमा पनौतीको विकास, यहाँका पुराना गतिविधि, मठमन्दिरलगायत उपलब्ध शिलालेखको अवलोकन गर्न पाइन्छ । महाजूका अनुसार पुराना सिक्का, कागजी नोट, स्थानीय रूपमा प्रयोग भएका घरायसी वस्तु पनि सङ्ग्रहालयमा राखिएका छन् । स्थानीयको सक्रियतामा नगर कार्यालयसँग सहकार्य गरी सञ्चालनमा ल्याएको सङ्ग्रहालयमा मल्लकालीन, शाहकालीन समयका मूर्ति, काष्ठकलाका नमूना, विभिन्न पहिरन तथा पुराना हातहतियार पनि यहाँ अवलोकन गर्न सकिने महाजूले बताए ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य एवं पवित्र धार्मिकस्थल भएकाले यहाँको महत्व बढेको पाइन्छ । यहाँ स्मारक समिति बनाएर सङ्ग्रहालय सञ्चालनमा ल्याइएको थियो । सङ्ग्रहालयमा हस्तकलाका सामग्री पनि राखिएको छ । पुरातत्व विभागको मापदण्डअनुसार सञ्चालित सङ्ग्रहालयमा पुराना सामग्री भए प्रदर्शनका लागि स्थानीयलाई उपलब्ध गराउन नगर कार्यालयले अपिल पनि गर्दै आएको छ । धार्मिक एवं ऐतिहासिक नगरी पनौतीस्थित त्रिवेणीघाट र स्नान गर्ने ठाउँको पनि आ–आफ्नै महत्व रहँदै आएको छ । पनौतीलाई विश्व सम्पदामा सूचीकृत गराउन नगर कार्यालयले पहल गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: