ढाका। बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू मङ्गलबार रिहा भएसँगै उनीहरूको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।
“हामीलाई जवाफ चाहिन्छ”, हसिनाको सुरक्षा बलले हिरासतमा लिएका मानिसहरूको रिहाइको माग गर्दै अभियान चलाइरहेको “आमाहरूको आह्वान” समूहका संयोजक सन्जिदा इस्लाम तुलीले भने।
अधिकारकर्मीहरूले हसिनाको सुरक्षा बलले विशेष गरी प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र देशको सबैभन्दा ठुलो इस्लामवादी पार्टी ‘जमात–ए–इस्लामी’का कार्यकर्तासहित लगभग ६०० नालाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएका छन् ।
टुलीले बताएअनुसार कम्तीमा २० परिवारहरू बन्दी बनाइएको आफन्तको खबरको प्रतीक्षामा उत्तरी ढाकामा रहेको सैन्य गुप्तचर बलको भवन बाहिर भेला भएका छन् ।
सेना प्रमुख जनरल वाकर–उज–जमानले सोमबार हसिनाले हप्तौँको विरोध प्रदर्शनपछि राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएको हो ।
हसिनाको राजीनामाको केही घण्टापछि राष्ट्रपति मोहम्मद साहाबुद्दिन र सेना प्रमुखको भेटवार्तापछि विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने साथै प्रमुख विपक्षी नेता खालिदा जियालाई पनि मुक्त गर्ने निर्णय भएको थियो ।
बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष ७८ वर्षीय पूर्व प्रधानमन्त्री जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाएपछि नजरबन्दमा राखिएको थियो ।
विपक्षी कार्यकर्ता र वकिल अहमद बिन कासेम पनि मङ्गलबार रिहा भएको हो । “उनलाई आज बिहान गोप्य नजरबन्दबाट रिहा गरिएको छ”, पारिवारिक साथी र आफन्त मासुम खलिलीले बताए।
हसिनाको सुरक्षा बललाई दशौँ हजार विपक्षी कार्यकर्तालाई गैरकानुनी हिरासतमा राखिएको, सयौँको गैर न्यायिक हत्या गरिएको साथै विपक्षी नेता र समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ ।
सन् २००९ मा हसिना सत्तामा आएपछि ६०० भन्दा बढी मानिस बेपत्ता पारिएको जसमध्ये लगभग १०० जना अझैपनि बेपत्ता रहेको ह्युमन राइट्स वाचले गत वर्ष बताएको थियो ।
हसिनाको सरकारले बेपत्ता र गैर न्यायिक हत्याको आरोप अस्वीकार गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: