काठमाडौं । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विशेषगरी लन्डनको रोयल ग्रीनबीच बरोमा पूर्वमेयर जित रानाभाट र उनकी पत्नी गौमाया गुरुङ दुवै काउन्सिलर निर्वाचित भएपछि नेपाली समुदायमा उत्साह थपिएको छ ।
‘प्लमस्टेड एन्ड ग्लिन्डन’ वार्डबाट लेबर पार्टीका उम्मेदवार जित रानाभाट १ हजार ६ सय १० मतसहित विजयी भए । यसअघि सोही बरोको मेयर र उपमेयरको जिम्मेवारी सम्हालिसकेका रानाभाटलाई अनुभवी र सक्रिय स्थानीय नेताका रूपमा हेरिन्छ । सोही वार्डका अन्य दुई सिट पनि लेबर पार्टीकै उम्मेदवारले जितेका छन् ।
उता, उनकी पत्नी गौमाया गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएकी छन् । ‘एबिउड’ वार्डबाट उनले १ हजार २ सय ९२ मत ल्याउँदै विजय हासिल गरिन् । दुवै जना एउटै बरोमा निर्वाचित भएपछि नेपाली समुदायले यसलाई “ऐतिहासिक उपलब्धि” को रूपमा लिएको छ ।
बेलायतका विभिन्न क्षेत्रमा नेपालीमूलका अन्य उम्मेदवारले पनि जित निकालेका छन् । अल्डरसटको म्यानोर पार्क वार्डबाट कन्जरभेटिभ पार्टीका जीवनारायण बेल्वासे दोस्रो पटक काउन्सिलर निर्वाचित भए भने पूर्वगोर्खा उत्तरबहादुर गुरुङ वेलिङटन वार्डबाट विजयी भए ।
त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डबाट लेबर पार्टीकी प्रतिक्षा गुरुङ निर्वाचित भएसँगै रेडिङ बरोमा नेपालीमूलबाट काउन्सिलर बन्ने पहिलो व्यक्ति बनेकी छन् । लन्डन बरो अफ बार्नेटको एड्जवेरबरी वार्डबाट लक्ष्य गुरुङ तेस्रो पटक काउन्सिलर चुनिए ।
यसपटकको निर्वाचनमा करिब डेढ दर्जन नेपालीमूलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । परिणामले बेलायतको स्थानीय राजनीतिमा नेपाली समुदायको प्रभाव विस्तार हुँदै गएको संकेत गरेको छ ।
यद्यपि समग्र चुनावी परिणाम भने सत्तारुढ लेबर पार्टीका लागि सुखद रहेन । नाइजेल फराज नेतृत्वको रिफर्म युकेले सबैभन्दा धेरै सिट जित्दै ठूलो छलाङ मारेको छ । लेबर र कन्जरभेटिभ दुवै दलले अघिल्लो निर्वाचनको तुलनामा उल्लेख्य सिट गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...
बैशाख ३० गते, २०८३ - १९:०३
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...
बैशाख ३० गते, २०८३ - १८:५७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...
बैशाख ३० गते, २०८३ - १८:४६
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...
बैशाख ३० गते, २०८३ - १८:४१
सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...
बैशाख ३० गते, २०८३ - १८:३४
काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...
बैशाख ३० गते, २०८३ - १८:२५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...
बैशाख ३० गते, २०८३ - १८:१९
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...
बैशाख २९ गते, २०८३ - १९:४६
जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...



प्रतिकृया लेख्नुहोस्: