Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

भत्ता थापेको थाहा पाएपछि लुट्न जाँदा हत्या गरेर भाग्ने युवा पक्राउ

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बस्ने ७१ वर्षीया रत्नकुमारी थापाको घरमा शुक्रबार बिहान अचानक कोलाहल मच्चियो । एकाबिहानै छिमेकीहरू दौडेर आउँदा रत्नकुमारीको शव रगताम्य अवस्थामा फेला पर्यो‍ ।

घटनाले छिमेकी सबैलाई स्तब्ध बनायो । प्रहरी अनुसन्धानबाट खुलासा भयो कि यो हत्या लुटपाटको उद्देश्यले गरिएको थियो ।

रत्नकुमारीले केही दिनअघि मात्र बृद्धाभत्ताको रकम १२ हजार रुपैयाँ बुझेकी थिइन् । केही दिनअघि छोरीले ५० हजार रुपैयाँ सापटी फिर्ता लिएकी थिइन् । सबैगरी करिब ६२ हजार रूपैयाँ र करिब ३ तोला सुन पनि लुटेको थाहा भयो ।

झ्यालबाट छिरेर पैसा र गहना लुटेको र आफ्नो पोल खुल्ने डरले हत्या गरेको आरोपमा स्थानीय ३६ वर्षीय सञ्जीव देउजालाई प्रहरीले काठमाडौंबाट पक्राउ गर्यो‍ ।

आफ्नो पोल खुल्ने डरले कुटपिट गरी हत्या गरेर उनी काठमाडौं भागेको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘उनले पैसा र गहना लुटेपछि आफ्नो पहिचान खुल्ने डरले हत्या गरेको बयान दिएका छन्’ उनले खड्काले भने ।

रत्नकुमारीको निर्मम हत्या गरेर फरार सञ्जीव काठमाडौंको गोंगबुमा लुकेर बसेका थियो । घटनाको चार दिनपछि, साउन २१ गते बिहान उनी पक्राउ परेका हुन् । वृद्धाको हत्यालाई लिएर सदनमा समेत कुरा उठेपछि प्रहरीमाथि दबाब बढैको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...

उपत्यकामा जोखिमपूर्ण सार्वजनिक सवारीविरुद्ध विशेष कारबाही

काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’: रुस

काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...

भदौ २४ घटना : केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: