Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

कृषि औजार कारखानालाई आवश्यक सहयोग गर्ने कुषिमन्त्रीको प्रतिबद्धता

खबरडबली संवाददाता

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको विकास र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेएको छन्।

वीरगञ्जस्थित कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रले गरेका कामको अनुगमन एवं अध्ययनका लागि पुगेका उनले यस्तो प्रतिबद्धता जनाएको हो। उनले राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भ उठेको भन्दै नयाँ के काम गरिरहेको छ भन्ने अध्ययनका लागि आफूले अवलोकन गरेको बताए । अवलोकनका क्रममा कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५÷१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामान बनाउन सुरु गरेको पाएको बताएयो। उनले कृषि औजारको उत्पादन वृद्धिका लागि मन्त्रालयले छलफल गरेर आवश्यक निर्णय लिने बताए। 

उनले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भहरु उठिरहेका थिए, यो आविष्कार केन्द्रले नयाँ के गरेको छ, त्यो अध्ययन गर्न आएका हौँ। हामीले कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५र१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामानको अवलोकन गरेका छौँ। यहाँको अवस्था अध्ययन गरेका छौँ, मन्त्रालयमा छलफल गरेर अघि बढ्छौँ। मुलुक सञ्चालन गर्ने ठाउँमा हामी छौँ। मन्त्रालयको तवरबाट गर्नुपर्ने काममा व्यापक छलफल गरेर अघि बढ्नेछौँ।’

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अहिले आविष्कार केन्द्रले झन्डै २० किसिमका नमूना कृषि औजार बनाउन परीक्षण गरेको बताउनुभयो। उहाँले उत्पादन सुरु गर्न आफूहरु तयार रहे पनि विद्युत प्राधिकरणले ५ सय केबीको लाइनको ट्रान्सफरर्मर राख्न ढिला गर्दा उत्पादन गर्न नसकेको बताए। उनले साना किसानलाई चाहिने र उपयोग हुने औजार उत्पादन गर्ने पनि बताए। उनले राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म दुई करोड खर्च गरिसकेको र अब २० करोडको जिम्मा लिने बताउनुभयो। बाँकी सहयोगमा सरकारले गर्न आवश्यक नीति नियम बनाउन आग्रह गरे। 

सोही अवसरमा मन्त्री अधिकारीले सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको अवलोकन गरेको थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending