Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

दुबई एयरपोर्टको आवागमनमा वृद्धि

खबरडबली संवाददाता

दुबई । अन्तर्राष्ट्रिय यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२४ को पहिलो छ महिनामा चार करोड ४९ लाख यात्रुको आवागमन भएको दुबई विमानस्थलका सञ्चालकले बुधबार जानकारी दिएको छ । यो अघिल्लो बर्षको सोही अवधिमा आठ प्रतिशतले वृद्धि भएको दुबई विमानस्थलले जनाएको छ ।

सन् २०२३ को पहिलो छ महिनामा उक्त विमानस्थल भएर आवागमन गर्ने यात्रुको सङ्ख्या चार करोड १६ लाख रहेको थियो । “यस वर्षको पहिलो छ महिनामा हवाई आवागमनमा रेकर्ड तोड्ने गरी भएको प्रदर्शनले विश्वव्यापी उड्डयन मार्गको रूपमा हाम्रो रणनीतिक महत्वलाई उजागर गर्दछ,” प्रमुख कार्यकारी पल ग्रिफिथ्सले भने । 

उनले भने, “हामीसँग बाँकी वर्षका लागि धेरै आशावादी दृष्टिकोण छ, र हामी सन् २०२४ को लागि पूर्वानुमान गरिएको नौ करोड १८ लाख अतिथिहरूको आवागमनको वार्षिक रेकर्ड तोड्ने मार्गमा छौँ । सन् २०१८ मा यो विमानस्थलले आठ करोड ९१ लाख यात्रुलाई सेवा दिएको थियो, जुन महामारीअघिको सबैभन्दा व्यस्त वर्ष हो । 

गत अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएयता यस क्षेत्रमा उथलपुथल भए पनि पहिलो छ महिनामा वर्षको सकारात्मक नतिजा आएको हो । ग्रिफिथ्सले भने, “भारतजस्ता प्रमुख स्रोत बजारहरूको बलियो माग र चीनजस्ता बजारहरूको क्रमिक तर निश्चित पुनरुत्थानले हाम्रो सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ ।”

हवाई यात्रावृद्धिले दुबईलाई अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्न प्रेरित गरेको छ, जसले २०१० देखि खाडी वित्तीय हबको हवाई ट्राफिकको अपेक्षाकृत हिस्सा प्राप्त गरेको छ । यसै वर्षको सुरुमा धनी संयुक्त अरब इमिरेट्स (युएई) ले दुबईको बाहिरी इलाकामा अल मकतूममा नयाँ टर्मिनलको काम सुरु भएको घोषणा गरेको थियो, जुन खाडी इमिरेट्सका शासकले लगभग ३५ अर्ब डलरको लागतमा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल हुने बताएका थिए । 

पूर्ण रुपमा सञ्चालनमा आएपछि विमानस्थलको वार्षिक २६ करोड यात्रु क्षमता हुने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन् । परियोजनाको पहिलो चरण १० वर्षमा तयार हुने अपेक्षा गरिएको छ, जसमा एक वर्षमा १५ करोड यात्रुहरूलाई सेवा दिने क्षमता छ । 

युएईका अधिकारीले यसले दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गर्न चाहन्छन् । यसले वार्षिक १२ करोड यात्रुहरूलाई सेवा दिनसक्छ । शहरी वस्ती रहेका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थलको व्यापक विस्तार असम्भब छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE