Ntc summer Offer
Khabar Dabali १२ जेष्ठ २०८२ आईतवार | 25th May, 2025 Sun
Investment bank

चोरी सिकार रोक्न निकुञ्जद्वारा नयाँ योजना कार्यान्वयनमा

खबरडबली संवाददाता

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वर्षादको समयमा हुन सक्ने चोरीसिकार नियन्त्रण गर्न फरक रणनीति अपनाएर सुरक्षा व्यवस्था गरेको छ । वर्षादको समयमा खोलानाला बढ्ने, झाडी हुने हुँदा सबै ठाउँमा सवारीसाधन पुग्न कठिन हुने भएकाले फरक ढङ्गले ती ठाउँहरुको निगरानी हुने गरी रणनीति बनाइएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज कार्यालय र सुरक्षार्थ खटिएको नेपाली सेना संयुक्त रुपमा बसेर संवेदनशील ठाउँहरुको पहिचान गरी ती ठाउँहरुमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । हरेक हप्ता समीक्षा गर्दै सुरक्षा रणनीतिलाई फरक ढङ्गले कार्यान्वयन गरिँदै आएको उनले बताए । 

तिवारीका अनुसार जिप तथा गाडी सबै ठाउँमा पुग्न नसक्ने भएकाले यतिबेला हात्ती गस्तीलाई प्राथमिकता दिइएको छ । निकुञ्जमा ५४ वटा हात्ती छन् । तीमध्ये बच्चा, गर्भवती र अशक्त बाहेकलाई गस्तीमा प्रयोग गरिएको छ । यसैगरी, नदी तटीय क्षेत्रमा डुङ्गाको प्रयोग गरिँदै आएको छभने पैदल, साइकल गस्ती पनि नियमित हुँदै आएको छ । सम्भव हुने ठाउँहरुमा जिप  तथा गाडीमा समेत गस्ती भइरहेको उनले बताए । 

निकुञ्जभित्र ६७ स्थानमा पोष्ट छन् । ती पोष्टमा नेपाली सेना र निकुञ्ज कर्मचारी बसेर सुरक्षाको काम गरिरहेका छन् । निकुञ्जले लामो, मध्यम र छोटो पेट्रोलिङको काम गरिरहेको छ । दुई साताभन्दा बढी विभिन्न क्षेत्रमा रात बिताउने गरी गस्तीको काम भइरहेको छ । 

मध्यममा एक साता हाराहारी र छोटोमा एकदुई दिनको जङ्गलका ठाउँठाउँमा क्याम्प बनाएर बसेर सुरक्षा दिने गरिएको छ । निकुञ्जले कुनै ठाउँमा तत्काल परिचालन हुन परेमा तयारी हालतमा हात्तीसहितको टोली राख्ने गर्दछ । यसले विपत्मा समेत काम गर्ने गरेको छ । सिमलताल बस दुर्घटनामा निकुञ्ज क्षेत्रमा हात्तीसहितको यो टोलीले खोजीसमेत गरेको थियो । 

सूचना अधिकारी तिवारीका अनुसार आवश्यकतानुसार ड्रोन उडाउने समेत गरिँदै आएको छ । यससँगै एसपिवाई क्यामरा राखेर ठाउँठाउँमा निगरानी गरिँदै आएको छ । यो क्यामरा गोप्य रुपमा संवेदनशील क्षेत्रमा राखिन्छ । यसलाई निकालेर त्यहाँको अवस्था निगरानी गर्ने गरिएको छ ।

आवश्यकता परेको ठाउँमा स्थानीय सामुदायसँग सहकार्य गरेर गस्तीका काम गरिएका छन् । समुदायमा आधारित चोरीसिकार नियन्त्रण इकाइ चोरीसिकारी नियन्त्रण र सुराकीमा खटिइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तुको मुख्य बासस्थान हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आर्थिक अनियमितता नगरेकाे गृहमन्त्री लेखककाे दाबी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एउटै मात्रै आर्थिक अनियमितता प्रमाणि गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् । शनिबार सचिवालयमार्फत भिडियो सार्व...

इलामकाे पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा

इलाम । पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गु...

डाेल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, प्रहरीद्वारा दुई राउण्ड हवाई फायर

काठमाडौं । डोल्पामा यार्सा संकलन गर्न गएका दुई समूहबिच झडप हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । शनिबार  दिउँसो डोल्पा जिल्ला  ठुली भेरी नगरपा...

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदैछु: मन्त्री पौडेल

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहे...

फोहोर व्यवस्थापन छाडेर उदयपुरकाे त्रियुगाका जनप्रतिनिधि भ्रमणमा

उदयपुर । त्रियुगा नगरपालिकाका जनप्रतिनिधि फोहोरमैला व्यवस्थापनको काम छाडेर पश्चिम नेपालको भ्रमणमा निस्किएका छन् । त्रियुगा नगरपालिकाको गाईघाट बजार क्ष...

वीरगन्जमा टिपरले ठक्करबाट एककाे मृत्यु

पर्सा । वीरगन्ज महानगरपालिका १७, अलौस्थित सडकखण्डमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपाल...

गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता छैनः गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ । त्रिभु...

देशभर १० महिनामा आठ हजारभन्दा बढी विपतका घटना

५८९ जनाकाे मृत्यु, दैनिक २७ वटा विपतका घटना घट्दै

सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु निर्वाचन क्षेत्रमा

काठमाडौं । यही जेठ ११ र १२ गते  सातवटै प्रदेशमा आयोजना हुने  ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ ...

गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन रास्वपाकाे माग

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सघाउन माग गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending