Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

८० वर्ष पुग्दा पनि डोरी बेचेर जीविका चलाउन बाध्य छन् बन्धु राना

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ। उनले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा  तीस हजार बढी आम्दानी गर्दै आएका छन्।

बजारमा सिमेन्ट राख्न प्रयोग भएका खाली बोराहरु खरिद गरी उनले त्यसको धागो निकाली त्यसबाटै डोरी बाट्ने गरेका छन्।

डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेका छन्। एउटै डोरी रु दुई सय देखि रु पाँच सय सम्ममा बिक्री हुने गरेको छ। “घरमै बसेर डोरी तयार गर्छौ” उनले भने, “तयार भएको डोरी काँधमा बोक्दै गाउँ गाउँ पुर्‍याएर बिक्री गर्दै आएको छु।”

 दैनिक एक हजार जतिको डोरी बिक्री हुने गरेको उनी बताउँछन्। डोरी बेच्नकै लागि बिहानीको खाना खाएर गाउँ चहार्दै हिँड्ने राना साँझ अबेर मात्रै घर फर्कने गर्दछन्। डोरीमा रानाले छडकी, वरहा, घाँस बोक्ने जाल, मुखडा, नाथलगायत बनाउने गर्दछन्। सबैभन्दा बढी बिक्री हुने डोरीमा छडकी रहेको छ।  गाई गोरु बाँध्नका लागि प्रयोग हुने छडकीको ग्राहकले बढी माग गर्ने रानाले बताए।

डोरी बनाउन रानाले २० वर्षको उमेरमै सिकेका हुन्। “धेरै परिवार हुँदा आर्थिक अभाव सधैँ भैरहन्थ्यो” उनले भने, “त्यै भएर लेखपढ गर्ने अवसर पाउने कुरै भएन, त्यस बेला लेखपढ पर्ने खासै चासो पनि हुँदैनथ्यो, गोठालो जान्थेँ, अरुले डोरी बनाएको देखेर त्यसबाटै सिकेँ। पहिला बाबियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको थियो। खेतबारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्दथे। जबदेखि बजारमा प्लाष्टिका डोरी आए त्यस पछि किसानले जुट र सनपाटको खेती गर्ने कार्य छाडे।”

जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लाष्टिका बोरीहरु खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उनी बताउँछन्।

व्यावसायिक रुपमा डोरी बनाएर बिक्री गर्ने कार्य ४० वर्षको उमेरपछि गर्न थालेको उनको भनाइ छ। घरमा कोही बिरामी परे, पैसाको अत्यन्तै जरुरी परेका बेला परिवारलाई उनले सहयोग गर्छन्। विवाह गरेको दुई वर्षमै श्रीमतीको देहवसान भएपछि रानाले दोस्रो विवाह भने गरेका छैनन्। जेठो दाजुको घरमा बस्दै आएका छन्।

डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल खरिद गरिदिएका छन्। “मोटरसाइकल किन्न थोरै रकम मैले जुटाएँ” डुठ्ठा रानाले भने, “दुई लाख रकम डोरी बेचेर आएको रकम बाजेले व्यहोरे।” परिवारलाई आवश्यकता परेका बेला उनले आर्थिक सहयोग गर्दा नै परिवार चलाउन सहज भएको डुठ्ठाको भनाइ छ।

“घरमा ठूलो काम गर्दा लाग्ने पैसा उहाँले नै दिनुहुन्छ” उनले भने, “स–सानो काममा भने पैसा दिन कञ्जुस्याइँ गर्नुहुन्छ। उमेर छँदा डोरी बेचेर महिनामै रु ५०/६० हजारसम्म पनि कमाउँथे, उमेर ढल्किँदै जाँदा कमाइ पनि घटेको छ।”

घर खर्चसँगै आफूलाई आवश्यक भएको लुगाफाटो, जुत्ता,चप्पल, औषधपचार लगायतको खर्च डोरी बेचेर आएको रकमबाटै व्यहोर्दै आएका छन्। आफूलाई चाहिने खर्च अरुसँग मागेको अहिलेसम्म नदेखेको डुठठा बताँछन्। “हामीले आपतविपत परेका बेला उहाँसँग पैसा माग्छौँ उहाँले अहिलेसम्म हामीसँग पैसा माग्नुभएको छैन” उनी भन्छन्।

 पूर्व वडा अध्यक्ष जगता राना  पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रुपमा आफूले बन्धुलाई चिनेको बताउँछन्।  उनी भन्छन्,“व्यावसायिक कार्यलाई निरन्तर गरे पैसाका लागि अन्यको मुख ताक्नु नपर्ने पाठ उहाँबाट आजका युवाहरुले सिक्नुपर्ने हुन्छ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending