Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...

खबरडबली संवाददाता

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । 

आज बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिए। 

“विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए”, उनले भने। सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्ला फर्काइनु एयरलाइन्सको लापरवाही भएको बताए।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताए । “प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्”, उनले भने, “नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ ।”

अहिले सोही विमानमार्फत यात्रीहरु बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ उपत्यकामा तमु ल्होसारको रौनक

काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...

कांग्रेसले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...

गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

गुल्मी । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् ।  कहिलेकाहीँ द...

सडक मर्मत गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छ तर बजेट अभावले समस्या: मन्त्री घिसिङ

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन्। मन्त्री घिसिङले २३औँ वार...

चुनावअघिको महाधिवेशनले पार्टीमा असर पार्न सक्छ: देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेट, निर्वाचनमार्फत आफ्नो मुद्दा अनुमोदन गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच मंगलबार बिहान बालुवाटार...

विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार, एक युवक पक्राउ

सप्तरी। विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार गरेको आरोपमा एक १७ वर्षीय युवक पक्राउ परेका छन् । बिहेको प्रलोभन देखाएर ललाई फकाई शनिबार किशोरीसँग ...

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैय...

एकताका बेला मलिन अनुहार बनाएका कुलमान घिसिङ १४ घण्टापछि बोले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकताको सहमति भएको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले प्रतिक्रिया दिएका छन्। ...

राप्रपाको समानुपातिक बन्दसूचीमा कोको परे ? हेर्नुहोस् सुची

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। राप्रपाले आदिवासी जनजाति क्लस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending