जापान । जापानमा सम्भावित ‘महाभूकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्भविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किसिदाले शुक्रबार मध्यएसियाको भ्रमण रद्द गरेका छन् । जापानको दक्षिणी क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्पका कारण बिहीबार आठजना घाइते भएपछि जापानको मौसम विज्ञान निकाय (जेएमए)ले बिहीबार परामर्श जारी गरेको हो ।
किसिदाले शुक्रबारदेखि कजाकिस्तान, उज्वेकिस्तान र मंगोलियाको भ्रमण गर्ने कार्यक्रम थियो । उनले क्षेत्रीय शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको थियो । ‘प्रधानमन्त्रीको हैसियतमा संकट व्यवस्थापनको सर्वोच्च जिम्मेवारी भएकाले मैले कम्तीमा एक हप्ता जापानमा नै रहने निर्णय गरेँ,’ उनले भने ।
किसिदाले सन् २०११ मा गएको ९ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानको मौसम पूर्वानुमान निकायले तयार पारेको नयाँ प्रणालीअन्तर्गत पहिलो परामर्श जारी गरेपछि जनता निकै चिन्तित भएको हुन सक्ने र यस्तो अवस्थामा विदेश जानु राम्रो नहुने निष्कर्षमा पुगेको बताए । जापानको मौसम पूर्वानुमान निकायले भनेको छ, ‘नयाँ ठूलो भूकम्पको सम्भावना सामान्यभन्दा बढी छ, तर यो कुनै ठूलो भूकम्प पक्का आउने संकेत होइन ।’
दक्षिणी टापु क्युसुमा बिहीबार गएको भूकम्पका कारण ट्राफिकबत्ती र कारहरू हल्लिएका थिए र भाँडाकुँडाहरू आलमारीबाट खसेका थिए, तर कुनै गम्भीर क्षति भने भएको छैन । आगलागी तथा विपत् व्यवस्थापन निकायले भूकम्पका कारण ठूलो क्षति नपुगेको, तर केही व्यक्ति घाइते भएको जनाएको छ । चारवटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको १२ करोड ५० लाख जनसंख्या रहेको जापानी द्वीपसमूहमा साना–ठूला गरी हरेक वर्ष करिब एक हजार पाँच सयवटा भूकम्प आउने गरेका छन् । उन्नत भवन प्रविधि र राम्रो आपतकालीन उद्धार अभ्यासका कारण ठूला कम्पनमा पनि प्रभाव सामान्य रहनु जापानी विशेषता हो ।
सरकारले आगामी ३० वर्षमा महाभूकम्प जाने सम्भावना ७० प्रतिशत रहेको बताएको छ । यसले जापानको प्रशान्त महासागरीय तटको ठूलो भूभागलाई प्रभावित गर्न सक्ने र सबैभन्दा खराब अवस्थामा अनुमानित तीन लाख मानिसको ज्यान जोखिममा पार्न सक्ने विज्ञहरूले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: