काठमाडाैं । भारतका विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने औपचारिक नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी आउन लागेका हुन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमण सार्वजनिक गरेका हुन् ।
दुई विदेश सचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परर्राष्ट मन्त्रालयले शुक्रवार जनाएको छ । परराष्ट्रका अनुसार भारतका विदेश सचिवले नेपालका उच्च पदस्थ व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम छ ।
‘यो भ्रमण दुई मित्रवत छिमेकीहरू बीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता हो,’ परराष्ट्रले भनेको छ । भारतका विदेश सचिव मिश्री सोमवार फर्किनेछन् । ‘विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ पनि भारतको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २३ गते, २०८१ - २०:४७
काठमाडौं । सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ । केही मन्त्रीसहित प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभाप...
भाद्र २३ गते, २०८१ - २०:२८
चितवन । राप्ती नदीमा डुबेर बेपत्ता भएका दुइमध्ये एक जनाको शव भेटिएको छ । शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका–२५ का ४३ वर्...
भाद्र २३ गते, २०८१ - २०:२५
हेटौँडा । मकवानपुर प्रहरीले १४ किलो चरेससहित दुईजना पक्राउ गरेर प्रहरीले आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ४२ ...
भाद्र २३ गते, २०८१ - १९:४१
पोखरा । गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनाम...
भाद्र २३ गते, २०८१ - १९:३४
काठमाडौं । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्र...
भाद्र २३ गते, २०८१ - १९:३०
किएभ । गत साता पोल्टावा सहरमा भएको ठुलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीन जनाको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या ५८ पुगेको युक्रेनले आइतबार बताएको...
भाद्र २३ गते, २०८१ - १९:२७
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन् । महि...
भाद्र २३ गते, २०८१ - १९:२३
कैलाली । कैलालीको खुटिया नदीमा डुबेर आज एक किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका–१४ जी गाउँ बस्ने १६ वर्षीया जेनिशा अवस्थी रह...
भाद्र २३ गते, २०८१ - १९:२०
हुम्ला । शनिबारको अविरल वर्षाका कारण कक्षाकोठामा पानी पसेपछि सदरमुकाममा रहेको बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थी आज चौरमा पढ्न बाध्य भएका छन् ।...
भाद्र २३ गते, २०८१ - १९:११
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानविन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न ...
प्रतिकृया लेख्नुहोस्: