Ntc summer Offer
Khabar Dabali ८ माघ २०८१ मंगलवार | 21st January, 2025 Tue
Investment bank

युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु

खबरडबली संवाददाता

मस्को । रूस र युक्रेनबिचको द्वन्द्वमा कियभको सबैभन्दा ठुलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्वाद विरोधी अभियान” सुरु गरेको छ । विश्लेषकले युक्रेनीहरूले मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आक्रमण गरेको र निरन्तर अघि बढ्ने क्रममा रहेको बताएका छन् । 

रूसले यस प्रक्रियालाई रोक्नका लागि ट्याङ्क रकेट लन्चुर र उड्डयन एकाईसहित अतिरिक्त सेना र उपकरणहरू सिमाक्षेत्रमा तैनाथ गरेको छ । रूसको आतङ्कवाद विरोधी समितिले शुक्रबार  बेलगोरोड, ब्रायन्स्क र कुर्स्क क्षेत्रमा आतङ्कवाद विरोधी अपरेसन बाट नागरिकको सुरक्षा सुनिश्चित गरी युक्रेनी खतरालाई नियन्त्रण गर्ने जनाएको छ । 

अभियान सुरु गरिएका क्षेत्रमा आवगमन प्रतिबन्धित गरिएको, फोन कलहरूमा निगरानी गरिएको छ र यी क्षेत्रलाई “नो–गो जोन“ घोषणा गरी प्रमुख पूर्वाधारमा सुरक्षा कडा गरिएको छ । आतङ्कवाद विरोधी समितिले युक्रेनले रूसका धेरै क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ । 

समितिले युक्रेनको आक्रमणलाई आतङ्कवादी आक्रमण घोषणा गर्दै कियभका सेनाले नागरिकमाथि आक्रमण गरेको र आवासीय भवनहरू ध्वस्त पारेको जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ताको सुरुमा रुसले युक्रेनविरुद्ध गरेको आक्रमणको नतिजालाई “महसुस“ गर्नुपर्ने भन्दै आफ्ना सेनाको प्रारम्भिक सफलता दावी गरेका थिए । अभियानका क्रममा रूसमा आक्रमण गर्न खोज्ने २६ युक्रेनी ड्रोनलाई खसालिएको रूसले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ ।  त्रिविका शिक्षाध्य...

आठजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालत काठमाडौंले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित ८ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ...

कपिलवस्तुमा बेवारिसे अवस्थामा ४३ किलो गाँजा बरामद

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ टाकुबाट ४३ किलो २४ ग्राम बेवारिसे गाँजा बरामद भएको छ । टाकुस्थित मर्सी गाउँमा गाँजाको अवैध ओसारपसार र का...

भाेली एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबार बेलुका चार बजे बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए...

काठमाडाैं उपत्यकाका १६० गाडीको प्रदूषण जाँच गर्दा अधिकाँश फेल

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा गरिरहेको सवारी प्रदूषण परीक्षणले डरलाग्दो तथ्य देखाएको छ । २९ पुसबाट थालिएको सवारी परीक्षणको सोम...

एन्फा राष्ट्रिय महिला लिग: पुलिसविरुद्ध एपिएफको जित

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत सुपर लिगको दोस्रो चरणमा एपिएफ क्लबले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ ।  एन्फा मैदान सात...

बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाक...

म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुविधा

म्याग्दी । म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ । ९५ प्रतिशत भन्दा बढी घरपरिवारमा बिजुलीको सुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोष...

बाराकाे गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग

काठमाडौं । राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।...

सप्तरीकाे बलान–बिहुल गाउँपालिकाका विद्यालयमा मैथिली भाषाको पाठ्यक्रम

सप्तरी । सप्तरीको बलान–बिहुल गाउँपालिकाले मातहतका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy