भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन् । उनले भने, “स्वदेश मै केहि गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ । यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । समाजमा गौरव गर्ने कुरा धेरै छन् । केही छैन, भन्ने सोच्नु हुँदैन । आर्थिक समृद्धि र विकासमा केहि पनि भएन भन्ने होइन ।”
नेपाली कांग्रेसका नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७ औँं स्मृति दिवसका अवसरमा बालकोटमा आयोजित कार्यक्रममा महामन्त्री थापाले जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्याउने बताए । उनले भने, “देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिदैको छ , यसलाई चिर्नुपर्छ । विकास भइरहेको छ, अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवालाई जगाउनुपर्छ ।”
महामन्त्री थापाले देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र दश करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको जानकारी दिए । उनले कोषबाट प्राप्त रकम प्रजातन्त्र सेनानीका सन्ततीको शिक्षा र स्वास्थ्यमा उपयोग गरिने तयारी बताए ।
सो कार्यक्रममा कांग्रेसका जिल्ला सभापति सांसद दुर्लभ थापा, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, कांग्रेस नेता रामप्रसाद दवाडी, प्रदीप कार्कीलगायतले श्यामबहादुर कार्कीले पुर्याएको योगदानको बारेमा चर्चा गरे ।
कार्यक्रममा गणेश आधारभूत विद्यालय बालकोटका १०८ बालबालिकालाई झोला एवं शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सहयोगमा भएको रक्तदानमा ६१ जनाले रक्तदान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - ०९:१९
जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?
चैत्र १८ गते, २०८२ - ०८:३८
दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...
चैत्र १८ गते, २०८२ - ०८:३२
मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...
चैत्र १८ गते, २०८२ - ०८:२७
काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...
चैत्र १८ गते, २०८२ - ०७:३८
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...
चैत्र १८ गते, २०८२ - ०७:२७
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...
चैत्र १८ गते, २०८२ - ०७:२४
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...
चैत्र १८ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...
चैत्र १८ गते, २०८२ - ०७:१९
बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...
चैत्र १८ गते, २०८२ - ०७:१४
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...


प्रतिकृया लेख्नुहोस्: