काठमाडौं । मस्कोले युक्रेनसँग जोडिएका तीनवटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किएभको सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिवारदेखि नयाँ अभियान सुरु गरेको छ।
स्वतन्त्र विश्लेषकहरुका अनुसार युक्रेनी सेनाले मङ्गलबार बिहान रूसको पश्चिमी कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो।
उक्त रूसले ट्याङ्क, रकेट लञ्चर र एभिएसन युनिटलगायत थप सैनिक र उपकरणहरू तैनाथ गरेको छभने उक्त क्षेत्रमा सम्भावित आक्रमणबाट नागरिकहरूको हताहत हुनसक्ने भन्दै झण्डै ७५ हजार व्यक्तिलाई अन्य सुरक्षितस्थलमा सारिएको छ।
नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र शत्रुका विध्वंसकारी समूहहरूद्वारा गरिएका आतङ्कवादी कार्यहरूको खतरालाई रोक्न भन्दै रूसको राष्ट्रिय आतङ्कवाद विरोधी समितिले शुक्रबार अबेर बेल्गोरोड, ब्रायन्स्क र कुस्र्क क्षेत्रमा ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गर्न लागेको जनाएको छ।
रूसी कानुनअनुसार सुरक्षा बल र सेनालाई ‘प्रतिआतङ्कवाद’ अभियानका क्रममा आपतकालीन अधिकार दिइएको छ।
यस आपतकालीन अधिकारको प्रावधान अनुसार आवागमनमा प्रतिबन्ध लगाउन सकिने र फोन कलहरू निगरानी गर्न सकिने बताइएको छ। अभियानअन्तर्गत आक्रमण हुनसक्ने क्षेत्रहरूलाई प्रवेश निषेध क्षेत्र (नो–गो जोन) घोषणा गरी सुरक्षा जाँच केन्द्रहरू सञ्चालन गरिएको छ र प्रमुख पूर्वाधारस्थलहरूमा सुरक्षा कडा पारिएको छ।
आतङ्कवाद विरोधी समितिले युक्रेनले ‘रूसका धेरै क्षेत्रहरूमा स्थितिलाई अस्थिर पार्ने अभूतपूर्व प्रयास’ गरेको बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: