रौतहट। रौतहटको चर्चीत बजार कटहरिया स्थित नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औं बर्षपछी आफ्नै भवनमा सञ्चालनमा आएको छ।
२०३० सालमा कटहरिया बजारमा स्थापना भएको नेपाल वैंकको ५१ बर्ष पछि आईतवार देखी आफ्नै भवनमा सञ्चालनमा आएको हो। ईलाका प्रहरी कार्यालय कटहरीयाको अगाडि बैंकको आफ्नै जग्गामा निर्माण गरिएको सुबिधा सम्पन्न भवनमा बैंगकिङ कारोवार सुरु भएको प्रबन्धक आनन्द कुमार यादवले बताएका छन्।
वैंकको नाउँमा दर्ता रहेको दुईकठा क्षेत्रफल जग्गामा कूल २ करोड,६४ लाख ६३ हजार ४४० रुपैयाँको लागतमा भवन निर्माण भएको हो। टेण्डर प्रक्रियाबाट कन्चन कन्स्ट्र्सन कम्पनीले ठेक्का सम्झौता अनुसार नेपाल बैंक लिमिटेड कटहरियाका शाखाको भवन निर्माण गरेको प्रबन्धक यादवले बताएका छन।
२०८० फागुन १४ भित्र भवन निर्माण अवधी रहेकोमा केही प्राविधिक कारणले केही महिना ढिलो गरी आफ्नै भवनमा कारोवार सञ्चालन गरिएको प्रबंधक यादवले जानकारी दिएका छन। २०३० सालमा कटहरियामा बैंक स्थापना पछि लगातार ३० वर्षसम्म सो क्षेत्रमा सेवा प्रदान गरेको थियो। तत्कालिन विद्रोही माओबादी र सरकार बीच सशस्त्र द्वन्द हुँदा २०६२ सालमा असुरक्षाको कारण देखाउँदै बैंक गौर स्थानान्तरण भएको थियो। केहि समय कटहरिया शाखाको नामले छुट्टै सेवा दिएको पछी नेपाल बैंक गौर शाखामा मर्ज गरिएको थियो। देशका अबस्था सामान्य हुँदा १० बर्ष पछि २०७२ साल देखि नेपाल बैंकले कटहरियामा पुनः सेवा दिँदै आएको छ।
हाल कटहरिया शाखामा झण्डै ११ हजार ग्राहक रहेका छन। कटहरिया शाखामा नगद,कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा , आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबंधक यादवले जानकारी दिएका छन। भवन निर्माण संगै नेपाल बैंक द्वारा एटिएम सञ्चालनको लागि प्रक्रिया सुरु गरिएकाले केही समय भित्रै उक्त सेवा उपलब्ध गराउने उनले जानकारी दिएका छन।
कटहरिया शाखा स्थापना कालदेखि नै बर्षेनी नाफामा रहँदै आएको जनाइएको छ। नवनिर्मित भवनको औपचारिक उद्घाटन भने अहिलेसम्म हुन नसकेको देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...



प्रतिकृया लेख्नुहोस्: