Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

स्थापनाको ५१ बर्ष पछि नेपाल बैंक आफ्नै भवनमा

खबरडबली संवाददाता

रौतहट। रौतहटको चर्चीत बजार कटहरिया स्थित नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औं बर्षपछी आफ्नै भवनमा सञ्चालनमा आएको छ।

२०३० सालमा कटहरिया बजारमा स्थापना भएको नेपाल वैंकको ५१ बर्ष पछि आईतवार देखी आफ्नै भवनमा सञ्चालनमा आएको हो। ईलाका प्रहरी कार्यालय कटहरीयाको अगाडि बैंकको आफ्नै जग्गामा  निर्माण गरिएको सुबिधा सम्पन्न भवनमा बैंगकिङ कारोवार सुरु भएको प्रबन्धक आनन्द कुमार यादवले बताएका छन्।

वैंकको नाउँमा दर्ता रहेको दुईकठा क्षेत्रफल जग्गामा कूल २ करोड,६४ लाख ६३ हजार ४४० रुपैयाँको लागतमा भवन निर्माण भएको हो। टेण्डर प्रक्रियाबाट कन्चन कन्स्ट्र्सन कम्पनीले ठेक्का सम्झौता अनुसार नेपाल बैंक लिमिटेड कटहरियाका शाखाको भवन निर्माण गरेको प्रबन्धक यादवले बताएका छन।

२०८० फागुन १४ भित्र भवन निर्माण अवधी रहेकोमा केही प्राविधिक कारणले केही महिना ढिलो गरी आफ्नै भवनमा कारोवार सञ्चालन गरिएको प्रबंधक यादवले जानकारी दिएका छन। २०३० सालमा कटहरियामा बैंक स्थापना पछि लगातार ३० वर्षसम्म सो क्षेत्रमा सेवा प्रदान गरेको थियो। तत्कालिन विद्रोही माओबादी र सरकार बीच सशस्त्र द्वन्द हुँदा २०६२ सालमा असुरक्षाको कारण देखाउँदै बैंक गौर स्थानान्तरण भएको थियो। केहि समय कटहरिया शाखाको नामले छुट्टै सेवा दिएको पछी नेपाल बैंक गौर शाखामा मर्ज गरिएको थियो। देशका अबस्था सामान्य हुँदा १० बर्ष पछि २०७२ साल देखि नेपाल बैंकले कटहरियामा पुनः सेवा दिँदै आएको छ।

हाल कटहरिया शाखामा झण्डै ११ हजार ग्राहक रहेका छन। कटहरिया शाखामा नगद,कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा , आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबंधक यादवले जानकारी दिएका छन। भवन निर्माण संगै नेपाल बैंक द्वारा एटिएम सञ्चालनको लागि प्रक्रिया सुरु गरिएकाले केही समय भित्रै उक्त सेवा उपलब्ध गराउने उनले जानकारी दिएका छन।

कटहरिया शाखा स्थापना कालदेखि नै बर्षेनी नाफामा रहँदै आएको जनाइएको छ। नवनिर्मित भवनको औपचारिक उद्घाटन भने अहिलेसम्म हुन नसकेको देखिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विचार र बलिदानविहीनका केहि मानिसहरू देशै कब्जा गरिसक्यौं जसरी हल्ला फैलाइरहेको छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...

भयरहित वातावरणमा निर्वाचन हुन सक्दैन: नेता ज्ञवाली

काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...

लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...

उज्यालो नेपालका समानुपातिकको संख्या १८ बाट घटेर १४ मा सीमित

काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...

काठमाडौँ उपत्यकामा तमु ल्होसारको रौनक

काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...

कांग्रेसले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...

गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

गुल्मी । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् ।  कहिलेकाहीँ द...

सडक मर्मत गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छ तर बजेट अभावले समस्या: मन्त्री घिसिङ

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन्। मन्त्री घिसिङले २३औँ वार...

चुनावअघिको महाधिवेशनले पार्टीमा असर पार्न सक्छ: देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending