ढाका । यहाँको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्धा दर्ता गरिदिएको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकार गरेको हो ।
अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ । ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका मजिस्ट्रेट राजेश चौधरीले दिउँसो उक्त आदेश दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।
दण्ड संहिताको धारा ३०२ बमोजिम मुद्दाको संज्ञान लिएकोले अभियुक्तहरू विरुद्ध पक्राउ पूर्जी जारी गरिने ब्यवस्था छ । हसिना स्वदेश फर्किएमा यही मुद्धाका कारण पक्राउ पर्न सक्ने छिन् । अन्य अभियुक्तहरुमा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्व गृहमन्त्री असदुज्जमान खान कमल, पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल मामुन, पूर्व डीबी प्रमुख हरुनोर रशीद, पूर्व डीएमपी आयुक्त हबिबुर रहमान र पूर्व डीएमपी संयुक्त आयुक्त विप्लव कुमार सरकार रहेका छन् ।
यसका साथै धेरै अज्ञात उच्च प्रहरी अधिकारी र सरकारी अधिकारीहरू पनि मुद्दामा अभियुक्त रहेका बुझिएको छ । यसअघि मोहम्मदपुर निवासी अमिर हम्जा शातिलले सीएमएम अदालतमा मुद्दा दायर गरेका थिए । हम्जा बोसिलामा कोटा सुधार आन्दोलनको समर्थनमा जुलुसका क्रममा प्रहरीको गोलीबाट मारिएका किराना पसलका मालिक अबु सइदका शुभचिन्तक हुन् । हम्जाले भने कि सैद घनिष्ठ मित्र नभए पनि बंगलादेशको नागरिकको रूपमा मुद्दा दायर गर्न स्वेच्छाले उजुरी दिएका हुन् । सैदको परिवार पञ्चगढको बोडा उप जिल्लामा बस्छ ।
कोटा सुधार आन्दोलनका क्रममा नागरिकको ज्यान गएको चर्को विरोधको सामना गर्दै अगस्ट ५ मा देश छोडेर भागेकी शेख हसिनाविरुद्धको यो पहिलो मुद्दा हो । सोमबार, युवा तथा खेलकुद सल्लाहकार आसिफ महमुदले कोटा सुधार आन्दोलनका पीडितहरूलाई बंगलादेशभर आक्रमणकारीहरू विरुद्ध मुद्दा दायर गर्न आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: