काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव नहुने बताएका छन् ।
महान्याधिवक्ताको कार्यालयको अवालोकनपछि सरकारी वकिललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सुशासन कायम गर्दै समृद्धि हासिल गर्ने बाटोमा अग्रसर भएकाले सरकारका विरुद्ध तथ्यपरकरुपमा आलोचना गर्ने ठाउँ नदिने गरी काम गर्ने स्पष्ट गरे ।
'नेपाली समाज कानुन र न्यायसङ्गतरुपमा चल्ने समाज हो । यहाँ सामाजिक विशृङ्खलताका कुनै आन्दोलनको गुञ्जायस छैन । कसैले रिस शान्त पार्नका लागि सामाजिक सञ्जालमा गाली गर्न सक्छ तर त्यो भन्दा बढी केही हुँदैन । हामीले न्यायका क्षेत्रमा संविधानमा उल्लेखनीय व्यवस्था गरेका छौँ,' प्रधानमन्त्री ओलीले भने, 'म प्रधानमन्त्रीको फोटो टाँस्न फेरि जिम्मेवारीमा आएको होइन । फोटो पहिल्यै टाँसिइसकेको छ । विगतका मेरा कार्यकालमा पनि हरेक क्षेत्रमा काम भएकै हुन् । यस कार्यकालमा पनि समाजका हरेक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने सोचेर लागेको छु । न्याय क्षेत्रको प्रभावकारिता विकासका लागि राज्यको स्रोत साधनले भ्याएसम्म पूर्वाधार विकासको क्रमलाई निरन्तरता दिइनेछ ।'
प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई टुंगोलगाउन भएको राजनीति सहमति शान्ति प्रक्रियाको अन्तिम किस्ताको कोशेढुंगा भएको बताए । यसबारे राष्ट्रसंघका नेपालस्थित प्रतिनिधि र विभिन्न राजदूतहरूको चासो रहेको उल्लेख गर्दै उनले पीडितकेन्द्रित विषयलाई ध्यानमा राखेर ती कानुन संसदको यही अधिवेशनबाट पारित हुने बताए ।
आफूहरुले शान्ति प्रक्रियाका धेरै कुरामा विदेशीको नक्कल नगरेको र विगतमा आफू प्रधानमन्त्री हुँदा वार्ताका माध्यमबाट विप्लव र सिके राउत समूहलाई मूल प्रवाहमा ल्याएको उनले स्मरण गरे । प्रधानमन्त्री ओलीले अर्थतन्त्र खस्कँदो भएको स्थितिमा पनि सर्वोच्च अदालतको आदेशको सम्मान गर्र्दै कर्मचारीको तलव समायोजन गर्न छलफल भइरहेको पनि जानकारी दिए ।
कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले मुद्धाको छिटो र प्रभावकारी अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशाला आफूसँग हुनुपर्ने र लयर्स एकेडेमी स्थापनालगायतका कानुन छिटो पारित हुनुपर्ने सुझाव प्रधानमन्त्री ओलीलाई दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: