काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने बताएका छन्। मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधि सभामा पेस गरिएको विधेयकबारे बुधबार राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्ने र प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताएका हुन्।
सो विधेयक संसदबाट पारित हुनुलाई ठूलो उपलब्धिको रूपमा लिनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबीसमेत गरे। विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो उनको भनाइ थियो।
उनले भने,‘टीआरसीसम्बन्धी विधेयक समितिबाट पास भएर प्रतिनिधि सभामा पेस भएको छ। त्यस सम्बन्धमा पोलिटिकल लिडरहरूले आफ्नो राय व्यक्त गर्ने सिलसिला चल्छ। अनि पास हुन्छ र राष्ट्रिय सभामा जान्छ। यो एउटा ठोस उपलब्धिको रूपमा, कोशेढुंगाको रूपमा काम हुनेछ।’
राष्ट्रिय अन्तर्राष्ट्रिय चासो जोडिएकाले पनि पनि यसमा गम्भीरतासाथ काम गरिएको उनको भनाइ थियो।
‘यो समायानुकूल ऐन, जुन पीडितमैत्री, पीडित केन्द्रित भएर अगाडि बढाउने हामीले कोशिस गरेका छौँ,’ उनले भने, ‘यस सन्दर्भमा विभिन्न पक्षहरूसँग कुराकानी पनि गरेका छौँ। यसले सकारात्मक बाटो लिएको छ। अहिले विभिन्न देशहरूको पनि यसमा चासो छ। विभिन्न देशका एम्बेसडरहरूले पनि चासो लिएका छन्। संयुक्त राष्ट्र संघको तर्फबाट होस् अथवा ब्रिटिसको होस्, अथवा विभिन्न देशका एम्बेस्सीहरू हुन्, सक्रिय छन् यसमा। र हामी यसलाई सफलताका साथ अघि बढाउँछौँ भन्ने लाग्छ। हामी विदेशीहरूको नक्कल धेरै गर्दैनौँ। किनभने थुप्रै देशहरू भन्दा हामीले राम्रो प्रगति गरेका छौँ यस मामिलामा।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...
पौष २९ गते, २०८२ - ०७:१६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर घटेको...
पौष २९ गते, २०८२ - ०७:१२
मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणका काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थ...
पौष २९ गते, २०८२ - ०७:०८
काठमाडौं । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ। विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र ...
पौष २९ गते, २०८२ - ०७:०३
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।...




प्रतिकृया लेख्नुहोस्: