काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा उठेका प्रश्नको बिहिबार जवाफ दिने भएका छन्। स्थायी समिति सदस्यले बोलिसकेपछि अध्यक्ष दाहालले बिहीबार जवाफ दिने उपाध्यक्ष अग्नि सापकोटाले बताए ।
बैठकले पछिल्लो राजनीतिक परिस्थितिलाई सही दिशामा अघि बढाउन प्रचण्डको विकल्प नरहेको निष्कर्ष निकालेको उनले बताए। गतिविधिलाई प्रभावकारी बनाउन पनि अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै पंक्ति सङ्गठिन हुनुपर्नेमा नेताहरूले जोड दिएको उनको भनाइ छ।
उनले भने, सबै सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गरेर प्रचण्डको नेतृत्वमै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्न प्रचण्डले नै खास पहल लिनुपर्छ। त्यसैले नेतृत्वको विकल्प तत्काल खोज्न नहुने साझा धारणा छ।
नेताहरूले आफ्ना धारणा राख्ने क्रममा सत्ता गठबन्धनले संविधान संशोधन गर्न चाहेको सन्दर्भमा पार्टी अध्यक्षलाई थप बलियो बनाउनुपर्ने राय दिएको थिए ।
बैठकमा धारणा राख्ने क्रममा उपमहासचिव जनार्दन शर्माले प्रचण्डको चर्को आलोचना गर्दै नेतृत्व छाड्न सुझाव दिएका थिए। अब अध्यक्ष दाहालले स्थायी समिति सदस्यको धारणासहितको प्रस्ताव तयार पारेर अब बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी भएको छ ।
केन्द्रीय समिति बैठकलगत्तै स्पष्ट कार्ययोजनासहित माओवादीले सङ्गठन सुदृढीकरण र जनपरिचालनको योजना बनाएको सापकोटाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...
पौष २९ गते, २०८२ - ०७:१६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर घटेको...
पौष २९ गते, २०८२ - ०७:१२
मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणका काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थ...
पौष २९ गते, २०८२ - ०७:०८
काठमाडौं । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ। विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र ...
पौष २९ गते, २०८२ - ०७:०३
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।...




प्रतिकृया लेख्नुहोस्: