काठमाडौं । इजरायलको हवाई आक्रमणमा परी गाजा सहरमा जन्मिएका नवजात जुम्ल्याहा शिशु मारिएका छन् ।
केटा अस्सर र केटी आय्सेल जन्मेको चार दिन मात्र भएको थियो । ती जुम्ल्याहा शिशुहरूका बाबु महोमद अबु अल–क्वीमसान जन्म दर्ता गराउन स्थानीय सरकारी कार्यालय गएका बेला उनको घर डिडर अल बलाहमा बमबारी भएको थियो ।
उनको घरमा बमबारी भएको खवर छिमेकीले फोनमा सुनाएका थिए । त्यो हवाई आक्रमणले उनकी पत्नी र जुम्ल्याहा बच्चाहरूकी हजुरआमा पनि मारिएका थिए । “के भएको हो मलाई थाहा छैन,” उनले भने, “मलाई भनेअनुसार एउटा गोला मेरो घरमा आएर ठाक्किएको थियो ।” “मैले तिनीहरू जन्मिएको खुशी मनाउने समय पाइन,” उनले थपे ।
गाजा सहरमा हामासद्वारा चलाइने स्वास्थ्य मन्त्रालयका अनुसार युद्धको क्रममा ११५ नवजात शिशु मारिएका छन् । एपी समाचार एजेन्सीका अनुसार इजरायल–गाजा युद्धको प्रारम्भिक सातामा गाजा सहर खाली गर्न आदेश दिइएको थियो । इजरायली सेनाको निर्देशनअनुसार गाजा पट्टीको मध्य भागबाट उनीहरूले आश्रय खोजिरहेका थिए ।
सो घटनाबारे इजरायल सेनाको प्रतिक्रिया पर्खिरहेको बिबिसीले जनाएको छ ।
इजरायलले नागरिकहरूलाई हानिनोक्सानी नगर्ने बताउँदै आएको छ भने र उनीहरूले घटनाको आरोप हामासलाई लगाउँदै आएको छ । आवासीय क्षेत्रहरूलाई आश्रयका रूपमा प्रयोग गरेकाले त्यस्ता घटना भएको इजरायली सेनाको आरोप छ । तर अधिकारीहरूले व्यक्तिगत रूपमा निशाना बनाइएको टिप्पणी गरेका छन् । पछिल्लो केही साता याता गाजाका धेरै आश्रयस्थलहरूमा आक्रमण गरिएको छ ।
शनिबार, गाजा सहरमा प्यालेस्टानीहरूलाई आश्रय दिने स्कूल भवनमा इजरायलले हवाई आक्रमण गर्दा ७० जनाभन्दा बढी मानिस मारिएको एक अस्पतालका निर्देशकले बिबिसीलाई बताएका छन् ।
इजरायलको सैनिक प्रवक्ताले भने, “हमास र इस्लामिक जिहादका सैन्यलाई सुविधा दिने” काम भएको छ । त्यसलाई हामासले अस्वीकार गरेको छ । हमासद्वारा नेतृत्व गरिएका बन्दुकधारीहरूले ७ अक्टोबरमा इजरायलमा आक्रमण गर्दा करिब एक हजार २०० व्यक्तिहरू मरिएको र २५१ जनालाई बन्धकको रूपमा गाजा फर्काएको थियो ।
त्यो आक्रमणले गाजा माथि विशाल इजरायली सैन्य आक्रमण र हालको युद्धलाई प्रेरित गरेको छ । गाजा हमासद्वारा चलाइने स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली अभियानमा ३९ हजार ७९० भन्दा बढी प्यालेस्टेनीहरू मारिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: