एजेन्सी । म्यान्माको सेनाले बुधबार शीर्ष जनरलले जुन्टा प्रमुखलाई हिरासतमा लिएको अफवाह चिनियाँ विदेशमन्त्रीको भ्रमणअघि सरकारविरोधी समूहद्वारा फैलाइएको प्रचार मात्र भएको जनाएको छ ।
जुन्टा प्रमुख मिन आङ ह्लाइङले पछिल्लो समय सैन्य समर्थकबाट सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ । हाल यस क्षेत्रमा सरकारी सेना जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र अन्य विपक्षीबीच आपसी द्वन्द्व चलिरहेको छ । मङ्गलबार सामाजिक सञ्जालका धेरै पोस्टमा शीर्ष जनरलले जुन्टाको शीर्ष नेतृत्व परिवर्तन गर्ने प्रयासमा राजधानी न्यापितमा सेनाप्रति बफादार सरकार प्रमुख मिनलाई हिरासतमा लिएको दाबी गरिएको थियो ।
दावी देशको ‘शान्ति र स्थिरता’मा खलल पार्ने उद्देश्यले गरिएको प्रचार मात्र भएको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग बुधबार म्यान्मामा मिन आङ ह्लाइङसँग वार्ताका लागि आइपुग्ने कार्यक्रम छ । भ्रमणको उद्देश्य विभिन्न क्षेत्रमा द्विपक्षीय पारस्परिक फाइदाजनक सहयोगलाई दृढ बनाउनु रहेको जनाइएको छ । चीन जुन्टाको प्रमुख सहयोगी हो ।
पछिल्लो समयमा जातीय सशस्त्र समूहहरूको गठबन्धनले चीनको युन्नान प्रान्तको सिमानामा रहेको उत्तरी शान राज्यको क्षेत्र जुन्टाबाट कब्जा गरेको छ । कब्जा गरिएको क्षेत्रमा शान राज्यको लासियो सहरमा सेनाको उत्तरपूर्वी कमान्ड समावेश छ र करिब एक लाख ५० हजार मानिसहरू बसोबास गर्छन । मिनले गठबन्धनले ‘विदेशी’ स्रोतबाट ड्रोन र छोटो दूरीका मिसाइललगायत हतियारहरू प्राप्त गरिरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - २१:०३
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । अदालतको आदेश अनुसार उपचार गराउन उनलाई अस्पताल लगिएको साइबर ब्यूरोका ए...
मंसिर ९ गते, २०८१ - २०:५८
काठमाडाैं । धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएकाे छ । बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अध...
मंसिर ९ गते, २०८१ - २०:५३
कैलाली । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिम...
मंसिर ९ गते, २०८१ - २०:४७
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको धर्मद...
मंसिर ९ गते, २०८१ - २०:०७
माेरङ । मोरङमा हायसको ठक्करबाट आइतबार दिउँसो साइकल यात्रीको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायसले सा...
मंसिर ९ गते, २०८१ - २०:०१
काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गर...
मंसिर ९ गते, २०८१ - १९:५४
काठमाडौं । आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन भएकाे छ । सःशुल्क धरहरा खुलेको पहिलो दिन दुई लाख २० हजार ६५० रुपियाँ राजस्व संकल...
मंसिर ९ गते, २०८१ - १९:४७
काठमाडाैं । महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका प्रहरी जनाएको छ । उदयपुर घर भएकी ४५ ...
मंसिर ९ गते, २०८१ - १९:४०
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बो...
मंसिर ९ गते, २०८१ - १९:३३
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...
प्रतिकृया लेख्नुहोस्: