Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

अमेरिकाद्वारा सुडानका सेनालाई युद्ध अन्त्यका लागि वार्तामा सामेल हुन आग्रह

खबरडबली संवाददाता

जेनेभा। संयुक्त राज्य अमेरिकाले सुडानको सेनालाई युद्ध अन्त्यका लागि वार्तामा सामेल हुन आग्रह गरेको छ । स्विट्जरल्याण्डमा सुरू भएको वार्तामा सुडानमा द्वन्द्वरत अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) समूह सहभागी भएको छ

सन् २०२३ को अप्रिलदेखि सुडानी शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्व सहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबिच युद्ध चलिरहेको छ ।

बुरहान वार्ताको सुरुआतमा उपस्थित नभएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सीधै टेलिफोनमार्फत बुरहानलाई वार्तामा सहभागी हुन आग्रह गरेको थिए।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलका अनुसार ब्लिन्केनले बुरहानसँगको कुराकानीमा सहभागिताको आवश्यकता दोहोर्‍याएको थिए।

ब्लिन्केनले दुवै पक्षले युद्ध अन्त्य गर्न र पीडित लाखौं सुडानीका लागि मानवीय पहुँचको प्रत्याभूति गर्न ‘तत्काल आवश्यकता’ रहेको बताएको अमेरिकी प्रवक्ता पटेलले बताए।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले उद्घाटन सत्रपछि भने, “अब बन्दूक बन्द गर्ने उपयुक्त समय आएको छ ।” १० दिनसम्म चल्ने उक्त वार्ता स्विट्जरल्याण्डको अज्ञात स्थानमा बन्द कोठामा भइरहेको छ ।

आरएसएफको प्रतिनिधिमण्डलले वार्तामा भाग लिइरहेका बेला सुडानी सशस्त्र बल ९एसएएफ० वासिङ्टनले व्यवस्था गरेको युद्धविराम ढाँचाप्रति असन्तुष्ट छ ।

सुडानी सञ्चार मन्त्री ग्राहम अब्देलकादरले वार्ताअघि वासिङ्टनले संयुक्त अरब इमिरेट्स ९युएई० लाई पर्यवेक्षकका रूपमा सहभागी गराउन जोड दिएपछि सरकारले कुनै पनि नयाँ पर्यवेक्षक वा सहभागीलाई अस्वीकार गर्ने बताएका थिए । सुडानी सेनाले संयुक्त अरब इमिरेट्स (युएई)ले आरएसएफलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ ।

मानवीय पहुँच
अफ्रिकी सङ्घ, इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई) र संयुक्त राष्ट्रसङ्घले संयुक्त अरब इमिरेट्स (युएइ) को नेतृत्वमा साउदी अरब र स्विट्जरल्याण्डले संयुक्त रूपमा वार्ताको आयोजना गरेका हुन् ।

पेरिएलोले भने, “हाम्रो ध्यान शत्रुताको अन्त्य हासिल गर्न, मानवीय पहुँच बढाउन र ठोस परिणाम प्रदान गर्ने प्रवर्तन संयन्त्रहरू स्थापना गर्न अगाडि बढ्नु हो । यस क्रूर द्वन्द्वले संसारकै सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending