Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

विपन्न महिलालाई उन्नत जातका बाख्रा वितरण

खबरडबली संवाददाता

कैलाली । जिल्लामा महिला कृषि सहकारी समूहमा आबद्ध छ सय ७७ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

जिल्लामा सञ्चालित २५  कृषि सहकारी संस्थामा आबद्ध छ सय ७७ विपन्न महिलालाई एक/एकका दरले बाख्रा वितरण गरिएको हो । विपन्न लक्षित वर्ग कार्यक्रमअन्तर्गत दलित, एकल महिला, मुक्तकम्लरी, मुक्तकमैया, हलियाको जीविकोपार्जनमा सुधार गर्न आर्थिक वर्ष २०८०/८१ मा छ सय ४८ उन्नत जातका बाख्रा वितरण गरिएको विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले बताए।

कृषि सहकारीमा आबद्ध विपन्न महिलालाई छनोट गरी शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको उहाँले जानकारी दिए । उन्नत जातका बाख्रा वितरणले विपन्न वर्गको जीविकोपार्जनमा सुधार आउनुका साथै व्यावसायिक उत्पादनमा सहयोग पुग्ने सूचना अधिकारी कठायतले बताए । विपन्न महिलालाई व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्न बाख्रासँगै औषधि, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए। 

पछिल्लो समय जिल्लामा व्यावसायिक रुपमा फर्म दर्ता गरी बाख्रापालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेको जनाइएको छ । सरकारले पछिल्ला केही वर्षयता व्यावसायिकरुपमा बाख्रापालन गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएपछि जिल्लामा किसानको आकर्षण बढ्दै जाँदा बर्सेनि मासु उत्पादनमा समेत वृद्धि हुँदै आएको केन्द्रका सूचना अधिकारी कठायतले जानकारी दिए।

आव २०८०/८१ मा ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै केन्द्रले जिल्ला दररेट अनुसार प्रति किलो खरी जातका बाख्रा तीन सय ८५, बयर जातको प्रति किलो पाँच सय ५१ र बयर जातका बोका प्रति किलो आठ सय ८२ का दरले खरिद गरी वितरण गरिएको जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको तथ्याङ्कअनुसार कैलालीमा आव २०७७/७८ दुई सय पाँच, २०७८/७९ मा सात सय ५५ र २०७९/८० मा एक हजार तीन सय दुई बाख्राका फर्म दर्ता भई व्यावसायिक रुपमा बाख्रापालन गरिँदै आएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...

सरकारले गर्‍यो सबै राष्ट्रिय स्तरका निजामती र स्वास्थ्य सेवा ट्रेड युनियन खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...

११ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्मा विमति जनाउछौं: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...

दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार, बलिङमा सन्दीपको छलाङ

काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...

सगरमाथा आरोहणबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, यो सिजनमा १.१७ अर्ब रुपैयाँ उठ्यो

काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग का अनुसार मंगलबारस...

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ)सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख...

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारमा डा.अग्रवाल नियुक्त

काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त ...

कांग्रेस सांसदलाई सभापति थापाले दिए प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। बुधबार सिंहदरबारस्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending