काठमाडौ । नेपालीहरु आन्तरिक मात्र होइन बाह्य मुलुकको भ्रमणमा समेत तीव्र रुचि राख्छन् भन्ने तथ्य वार्षिक रिपोर्टले देखाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र नेपालीहरुले विदेश भ्रमणमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३१.१ प्रतिशतले बढी हो ।
तथापि, समीक्षा वर्षमा नेपाल भित्रिने पर्यटकहरुको संख्या र खर्चमा समेत केही सुधार आउँदा सेवा आयतर्फको भ्रमण घाटा केही घट्न पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नेपालले भ्रमण आयतर्फ ८२ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३२.१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस्तो आय ७९ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।
भ्रमण आय र व्यय हिसाब गर्दा यो वर्ष नेपालले ५५ अर्ब ८६ करोड रुपैयाँ खुद घाटा बेहोरेको छ । अघिल्लो वर्ष ७० अर्ब ८९ करोड घाटामा रहेको यस्तो भ्रमण खर्च यो वर्ष २१.२० प्रतिशतले घट्न पुगेको हो ।
तथापि, भ्रमण शीर्षकमा ठूलो खर्च बाहिरिएको देखिए पनि यसको महत्वपूर्ण कारक वैदेशिक शिक्षिक यात्रा नै रहेको प्रष्ट हुन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गएको वर्ष मात्र वैदेशिक शिक्षाका नाममा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको छ । यो कूल भ्रमण व्ययको ६६.०५६ प्रतिशतको हिस्सा हो ।
अघिल्लो वर्ष कूल भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: