सुलीकोट । गोरखामा दुई महिनाको अवधिमा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढ्न थालेकाले असार र साउनमा मात्रै गोरखामा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकरी दिए ।
उहाँका अनुसार असार १ देखि साउन अन्तिमसम्म जिल्लाको गोरखा नगरपालिाकामा १६९ जना, पालुङटार नगरपालिकामा १२३ जना, आरुघाट गाउँपालिकामा १६४ जना, मिमसेन थापा गाउँपालिकामा ४२ जना, शहिदलखन गाउँपालिकामा १३ जना, अजिरकोट गाउँपालिकामा नौ जना, बारपाक सुलिकोट चार जना र गण्डकी गाउँपालिकामा पाँच जनामा डेंगु सङ्क्रमण देखिएको उहाँले बताए ।
यसैगरी, दुई महिनामा मात्र गोरखामा ११४ जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको छ । जसमा आरुघाट गाउँपालिकामाम ५९ जना, गोरखा नगरपालिकामा ३४ जना, पालुङटार नगरपालिकामा १८ जना र भिमसेन थापा गाउँपालिकामा तीन जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले बताए ।
डेंगु विशेष गरी भदौ र असोजमा यो रोग देखिने भएता पनि अहिले साउन महिनाको सुरुदेखि नै गोरखामा देखिन अत्याधिक मात्रामा देखिन थालेको छ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको सययमा टोक्ने गर्दछ । वर्षातको समयमा जतातौ पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, पुरान टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।
डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिबिरा आउने, मांशपेशी दुख्ने, टाउको धेरै दुख्ने, रक्तस्राव हुने, शरीर कटकटी दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छन् । डेंगु रोग लाग्नु नदिन लामखुट्टेको टोकाइबाट बच्न जिल्ला स्वास्थ्य कार्यालय गोरखाले अपिल समेत गरेको छ ।
आरुघाट गाउँपालिकामा लार्भा खोज र नष्ट गर अभियान
आरुघाट गाउँपालिकामा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा ल्याएको छ । आरुघाट गाउँपालिकामा अत्यधिक मात्रामा डेंगु सङ्क्रमण देखिएपछि शनिबारबाट अभियान सुरु गरी मङ्गलबार आरुघाट बजार क्षेत्रमा सरसफाई गरिएको स्वास्थ्य शाखा प्रमुख प्रबिन थापाले बताए।
उनका अनुसार गाउँपालिका भरिका प्रत्योक वडामा स्वास्थ्यकर्मी, युबा क्लब, आमा समूह, महिला स्वयमसेबिका समेतको उपस्थितिमा मोटरसाइकलको ग्यारेजमा राखिएका टायर र खुला भाडामा रहेका पानी फयाकेर सरसफाईमा ध्यान दिँदै सचेतना कार्यक्रम गरिएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १०:५८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...
पौष १३ गते, २०८२ - १०:४५
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...
पौष १३ गते, २०८२ - १०:३३
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सम्बन्धमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जना...
पौष १३ गते, २०८२ - १०:१५
विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। शनिबा...
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...




प्रतिकृया लेख्नुहोस्: