कावासोती। निरन्तर वर्षा हुँदा मध्यविन्दु नगरपालिका वडा नम्बर ९ बसन्तपुरस्थित अठेरीखोला आएको बाढीले मोटरसाइकल बगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएका छन् ।
सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले अठेरी खोला तर्नेक्रममा हुप्सेकोट गाउँपालिका ३ का ४१ वर्षीय देबबहादुर फाल र २० वर्षीया छोरी तुलसी फाल मगर सवार ना २८ प ६९५ नम्बरको मोटरसाइकल बाढिले बगाएको बताए।
मोटरसाइकलमा सवार दुई जनाको भने सकुशल उद्धार गरिएको छ । अठेरी खोलामा बाढी आएका कारण मध्यविन्दु ९ को बसन्तपुर र मध्यविन्दु ७ अम्रसामा आवतजावत ठप्प भएको छ ।
यस्तै लगातारको भारी वर्षाका कारण कालिगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ । बौदीकाली गाउँपालिकाका वडा नं। ३ जन्तीपहिरोमा लेदोसहितको पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । रातीदेखि लगातार पानी परिरहेकाले सडक मर्मतको काम सुरु हुन नसकेको पौडेलले बताए । उनले पानी रोकिएपछि मात्र काम सुरु हुने जानकारी दिए।
नवलपुरमा मङ्गलबार बिहानबाट निरन्तर भारी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - १२:१३
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोलामा तीन सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला एक लाख ४९ ...
मंसिर १३ गते, २०८१ - १२:००
भजनी। कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गरेको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ता...
मंसिर १३ गते, २०८१ - ११:४६
सुनसरी। सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै थिईन्। विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा सा...
मंसिर १३ गते, २०८१ - ११:३७
काठमाडौं । सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार भइरहेको पाइएको हो। बर्दिबासबाट सिन्...
मंसिर १२ गते, २०८१ - १६:४६
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ। न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको ...
मंसिर १२ गते, २०८१ - १६:३७
काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवा निवृत्त भएको छन् । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार मन्त्रालयम...
मंसिर १२ गते, २०८१ - १६:२९
काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका १६ र कीर्तिपुर नगरपालिकामा आचारसंहिता अनुगमन टोली खटाएको छ । उपनिर्वाच...
मंसिर १२ गते, २०८१ - १६:०६
काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक एक द...
मंसिर १२ गते, २०८१ - १५:५५
दमक। झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई बर्षभरी नै नि:शुल्क रुपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १६ द...
मंसिर १२ गते, २०८१ - १५:३५
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताएको छन् । छैटौँ एसियाली जनस...
प्रतिकृया लेख्नुहोस्: