Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

मैले सकेसम्म राम्रो गरेँ : अमेरिकी राष्ट्रपति बाइडेन

खबरडबली संवाददाता

सिकागो । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलभुताले भ्याएसम्म देशका लागि सबै थोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
बिदाइको क्षणमा उनले उपराष्ट्रपति ह्यारिसलाई अँगालो राख्दै नोभेम्बरमा हुन लागेको निर्वाचनका लागि शुभेक्षा प्रकट गरेका थिए । 

“अमेरिका, अमेरिका, मैले तिम्रा लागि सक्दो योगदान गरेँ”, ८१ वर्षीय बाइडेनले करिब एक घण्टा लामो सम्बोधनका क्रममा देशभक्तिपूर्ण एक कवितांश उद्धृत गर्दै भने । उनले नोभेम्बरमा डोनाल्ड ट्रम्पविरुद्ध उपराष्ट्रपतिलाई व्यापक समर्थन गर्न मतदातासँग आग्रह पनि गरे । सन् २०२४ को ह्वाइट हाउसको दौडबाट बाहिरिने बाइडेनको आश्चर्यजनक निर्णयलाई सम्मेलनमा भेला भएका शुभचिन्तकको भीडले बाइडेनलाई तालीको गडगडाहतसहित भब्य स्वागत गरेको थियो । 

बाइडेनले डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै ‘आफूलाई पद छोड्ने कुराले कुनै समस्या नपारेको’ बताएको थियो । सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालिन राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीका नेताहरू पनि खुशी थिएनन् । 

बाइडेनको कमजोर प्रस्तुतीका कारण डेमोक्र्याटिक पार्टीको निर्वाचनप्रति चिन्ता व्यक्त गरेका डेमोक्र्याटहरूको चासोलाई सम्बोधन गर्न र पार्टीलाई पुनः सक्रिय पार्न ह्यारिस सफल भएका छन् । पाँच दशकलामो राजनीतिक जीवनको आसन्न अन्त्यबारे सोचिरहेका बेला उनले ट्रम्प प्रशासन ओभल अफिसमा नफर्कियोस् भनेर आफूले जे सोचेका थिए, त्यही गरेको बताए । 

“मलाई राजनीति मन पर्छ तर म मेरो देशलाई बढी माया गर्छु,” बाइडेनले राष्ट्रपतीय उम्मेदवारबाट गरेको त्याग अमेरिकाको हितका लागि भएको जोड दिँदै भने । उनले राजिनामा माग्ने डेमोक्र्याट्सको भावनालाई सम्बोधन गर्दै भने, “म मेरो पार्टी र देशको चिन्ता गर्ने र नेतृत्व गलत व्यक्तिमा नजाओस भन्ने सबैप्रति रिसाउने होइन आभारी हुनुपर्छ भनेका थिए ।

प्रथम महिला जिल बाइडेन र छोरी एश्लेको परिचयपछि बाइडेन र ह्यारिस मञ्चमा प्रवेश गर्दा आउँदा चार मिनेटको लामो तालीको गडगडाहटले स्वागत गरिएको थियो भने प्रतिक्रियामा बाइडेन र ह्यारिस दुवैले आँसु पुछेका थिए ।
‘हायर लभ’ बोलको गीतमा स्टेजबाट बाहिरिनुअघि बाइडेनले बिदाइ भाषण गर्दा दर्शक दिर्घामा रहेका धेरै जनाको गहभरी आँशु भरिएको देखिन्थ्यो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending