Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पालुङटार नगरपालिकाले सुरु गर्‍यो सहकारीको अनुगमन, लाखौंको अपचलन

५८ वटा सहकारी दर्ता, १० खारेज योग्य

खबरडबली संवाददाता

गोरखा । पालुङटार नगरपालिकाले नगरपालिका भित्र रहेका सहकारीहरूको अनुगमन तथा अध्ययन प्रक्रिया अगाडि बढाएको छ । महालेखाको ६० औँ प्रतिवेदनले 'मिल्क करिडोर'का नाममा बाँडिएको अनुदानमा प्रश्न उठाएपछि नगरपालिकाले अनुगमन गरेको हो । 

महालेखाको प्रतिवेदन अनुसार पालिकाभित्र सञ्चालित धेरै सहकारीले अनुदानका नाममा रकम लगेको तथा विना योजना तथा सहकारीकै नेतृत्वले अपचलन गरेको तथ्य सार्वजनिक गरेपछि नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सहकारीको अध्ययन गरेको हो । 

महालेखाको प्रतिवेदनमा मिल्क करिडोरका नाममा आर्थिक वर्ष २०७६ ज्येष्ठ २० मा ४५ लाख ६८ हजार ऋण लगानी गरेकोमा १० लाख साँवा फिर्ता भएको उल्लेख गरेको छ । सम्झौता अनुसार सम्झौताको एक महिनापछि मासिक २ लाख ३९ हजारका दरले साँवा फिर्ता गर्ने र वार्षिक २ प्रतिशतले हुने ब्याज जोडी भुक्तानी गर्ने उल्लेख थियो ।

तर, लाकाङ्ककाली कृषि सहकारी संस्था लिमिटेडले समयभित्र साँवा तथा व्याजसमेत फिर्ता नगरेको उल्लेख गरेको छ । सम्झौता अनुसार साँवा तथा व्याज समयमा नै नबुझाएमा नियमावलीको नियम १७ ९८० मा थप २ प्रतिशत व्याज लिने उल्लेख गरेको छ ।सम्झौताअनुसार समयमा साँवा नबुझाएको ३५ लाख लाख ६८ हजारको आर्थिक वार्षिक २०७९र८० को २ प्रतिशत व्याज तथा २ प्रतिशत जरिवाना बापतको १ लाख ४२ हजार भन्दा बढी असुल गरी स्थानीय सञ्चित कोषमा दाखिला गर्ने महालेखाले नगरपालिकालाई निर्देशन दिएको छ । 

५८ वटा सहकारी दर्ता, १० खारेज योग्य

नगरपालिकाका अनुसार ५८ सहकारीहरू दर्ता भए पनि हाल ४८ वटा मात्र सक्रिय अवस्थामा रहेका छन्। त्यसमध्ये १० वटा सहकारी खारेजी योग्य रहेका छन् । नगरपालिका सहकारी ऐन २०७५ मा रहेको प्रावधान अनुरूप कार्य नगरेको र दुई वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण, साधारण सभा नगरेको र नियमित रूपमा कार्यालय सञ्चालन भएको समेत नदेखिएकाले ती संस्थाहरूको दर्ता खारेजीमा पर्न सक्छ । 

सहकारीहरूको सञ्चालनको स्वीकृति, अनुगमन, सामाजिक लेखा परीक्षण, खारेजीसम्मको अधिकारी स्थानीय तहको एकल अधिकार क्षेत्र भित्र पर्छ । राष्ट्रियरूपमा नै सहकारीहरूमा विभिन्न समस्याहरू देखा परेपछि नगरपालिकाले आफ्नो मातहत रहेका सहकारीहरूको बस्तुगत अवस्था यकिन गर्नका निमित्त यो प्रक्रिया अगाडि बढाएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

उनका अनुसार ४८ वटा सहकारीमध्ये २३ वटाको अध्ययन गरिसकिएको र बाँकी रहेका अरू सहकारीको पनि कागजपत्र झिकाएर अध्ययन गरिरहेको बताए । सबै कागजपत्र अध्ययन पश्चात् सहकारीलाई कसरी व्यवस्थित गरी सञ्चालन गर्न सकिन्छ, त्यसको सुझावसहितको प्रतिवेदनका आधारमा तालिम, सञ्चालन विधि तथा अन्य विषयमा नगरपालिकाले सहजीकरण गरी निरन्तर सञ्चालन गर्ने प्रोत्साहन गर्न नीति लिएको बताए ।  

समाचार स्रोतका अनुसार पालुङटारमा सञ्चालन भएका विभिन्न सहकारीका नामा पालिका तथा साबिकका गाविसबाट लिएका अनुदानबाट सञ्चालन भएका सहकारीमा लाखौँको आर्थिक अनियमितता रहेको दाबी छ । समाचार स्रोतका अनुसार कम्तीमा ४८ मध्ये १० वटा भन्दा बढी त्यस्ता सहकारीमा नेतृत्व तहका पदाधिकारीले नै सहकारीमा पैसा अपचलन गरेको दाबी छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: