Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

घरेलु हिंसालाई आतङ्कवाद जत्तिकै गम्भीरताका साथ लिन अस्ट्रेलियाली अधिकारीको आह्वान

खबरडबली संवाददाता

क्यानबेरा । घरेलु हिंसालाई आतङ्कवाद जत्तिकै महत्वका साथ लिन एक अस्ट्रेलियाली अधिकारीले आग्रह गरेका छन् । 

अष्ट्रेलियाको घरेलु, परिवार र यौन हिंसा आयुक्त माइकेला क्रोनिनले बुधबार महिला र बालबालिकाविरुद्धको हिंसा अन्त्य गर्ने राष्ट्रिय योजना २०२२/०२३ को प्रगतिको पहिलो वार्षिक रिपोर्ट जारी गरेका छन् । राष्ट्रिय प्रेस क्लबलाई दिएको सम्बोधनमा क्रोनिनले घरेलु हिंसाका अपराधहरू रोक्न आतङ्कवादसँग लड्न प्रयोग गरिने सबै उपकरणहरू परिचालन गर्न आह्वान गरे । 

उनले समुदायले आतङ्कवादी धम्की दिँदा घरेलु, पारिवारिक र यौन हिंसाको खतराहरूलाई गम्भीरताका साथ लिई तिनीहरूमाथि तुरुन्तै कारबाही गर्नुपर्ने बताए । क्रोनिनले ३०० भन्दा बढी व्यक्ति र संस्थाहरूसँगको बैठकहरूले लैङ्गिक–आधारित हिंसालाई सम्बोधन गर्न प्रगति नभएकोमा धेरै समुदायहरूबाट निराशा व्यक्त गरिएको छ । अस्ट्रेलियाली इन्स्टिच्युट अफ क्रिमिनोलोजीले जुलाईमा प्रकाशित गरेको रिपोर्टअनुसार सन् १९८९/०९० देखि २०२२/०२३ सम्म अस्ट्रेलियामा सबै हत्याको एक चौथाइ घटना नजिकको साथीको हत्याले ओगटेको छ । 

उच्च ओहोदाको हत्याका घटनाको श्रङ्खलापछि लैङ्गिक हिंसा रोक्न अझ ठूलो कारबाहीको माग गर्दै दशौँ हजार अस्ट्रेलियालीहरू अप्रिल र मे महिनामा देशभरि विरोध प्रदर्शनमा सामेल भएका थिए । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्यानबेरामा प्रदर्शनकारीहरूसँग समन्वय गरी यस मुद्दालाई राष्ट्रिय सङ्कटको रूपमा वर्णन गरेका थिए । 

बुधबार संसदमा प्रगति प्रतिवेदन पेस गर्दै पारिवारिक हिंसा रोकथामका लागि सहायक मन्त्री जस्टिन इलिएटले सङ्कटको तत्काल समाधान सम्भव नभएको बताए । सरकारले पछिल्लो बजेटमा महिला सुरक्षा कोषका लागि तीन अर्ब ४० करोड अष्ट्रेलियन डलर विनियोजन गर्ने प्रतिबद्धता गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान गर्न पाइने

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कु...

भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, चनाखो हुन अनुरोध

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ ...

अध्यक्ष प्रचण्डद्वारा चीनकाे सिजाङ भूकम्पको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु बनाई गएको भूमम्पबाट भएको जनधन...

प्रशासनिक नेतृत्वको कारण डेलिभरिमा समस्या छ: बर्तौला

मकवानपुर । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोक्ने गरेको आरोप लगाएका छन...

हाइटी हिंसामा गत वर्ष पाँच हजार छ सयभन्दा बढीको मृत्यु : राष्ट्रसङ्घ

जेनेभा । हाइटीमा बढ्दो गिरोह हिंसाले गत वर्ष पाँच हजार छ सयभन्दा बढीको ज्यान लिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । अघिल्लो वर्षको तुलनमा यो ...

प्रधानमन्त्री ओलीले झुटा विवरण पेस गरेकाे सहकारीपीडितकाे आराेप

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले झुटा विवरण देखाएर समाजमा भ्रम छर्ने प्रयास गरेको सहकारीपीडितहरूले आरोप लगाएका छन् । बचत फिर्ताको विषयमा ओली...

कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द...

माओवादी केन्द्रले महाधिवेशन अर्को वर्षकाे मंसिरमा गर्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रको महाधिवेशन विसं २०८२ साल मंसिरमा हुने भएको छ । आइतबारदेखि मंगलबारसम्म जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति ...

यस्ता छन् माओवादी केन्द्रको केन्द्रीय समितिबाट पारित समसामयिक १६ प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जसमा विभिन्न प्रकारका रहेका छन् ।  नेपाल कम्युनिस्ट...

मितेरी सहकारी ठगी प्रकरणमा सीआईबीले धनराज गुरुङसँग फेरि गर्याे सोधपुछ

काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy