भैरहवा। रुपन्देही प्रहरीले भन्सार छलीको सामान नियन्त्रणबाट साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका कार्यालयको सक्रियतामा आर्थिक वर्ष २०८०(०८१ मा राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ ।
भारतसित जोडिएका विभिन्न सीमा नाकाबाट भन्सार छलेर चोरी पैठारी गरिएका सामान नियन्त्रणमा लिएर जिल्लामा आर्थिक वर्ष २०८०(०८१ मा प्रहरीले नौ करोड ५४ लाख ५७ हजार ८३ रुपियाँ राजश्व सङ्कलन गरेको हो ।
तस्कर समूहले खुल्ला सिमानाको फाइदा उठाउँदै दैनिकजसो भारतबाट मालवस्तु तस्करी गरी ल्याउने गरेका छन् । प्रहरीले नियमित जसो यस्ता भन्सार छलीका वस्तु बरामद गरिरहे पनि तस्करी निस्तेज भने भएको छैन ।
प्रहरीले जिल्लास्थित सीमा क्षेत्रबाट दिनहुँजसो भन्सार छलीका सामान नियन्त्रणमा लिएका कारण राजश्व सङ्कलन वृद्धि भएको हो । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ४८ प्रतिशतले राजश्व सङ्कलन वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९(०८० मा प्रहरीले ६ करोड ४५ लाख नौ हजार ९२७ रुपियाँ राजश्व सङ्कलन गरेको थियो । गत वर्ष भन्सार छलीमा संलग्न आरोपमा ११६ व्यक्ति, १२ ट्रक, एक कन्टेनर, एक ट्याक्टर, १३ पिकअप, १९६ मोटरसाइकल र पाँचवटा अटोरिक्सा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरीका प्रवक्ता मनोहरप्रसाद भट्टले बताए ।
उनका अनुसार गत वर्ष बाइलर कुखुरा ६ हजार २४७ गोटा, बाइलर कुखुराका चल्ला १० हजार पाँच सय गोटा, १७ क्यारेट अण्डा, ५१ बाख्रा, २५० गोटा हाँसका चल्ला र कुखुरा तथा हाँस लगायत कारोबारमा संलग्न २२ जना पक्राउ गरेर कारबाहीका लागि पशु चेकपोष्ट कार्यालय बेलहिया बुझाइएको थियो । त्यसबाट एक करोड २१ लाख ६ हजार ३८० रुपियाँ राजश्व सङ्कलन भएको र दुई जनामाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार गत वर्ष भन्सार छलीमा गरिएको कडाइका कारण राजश्व सङ्कलनमा वृद्धि भएको हो । जिल्लाका सुरक्षा निकायबिचको समन्वयमा अवैध तरिकाले नाकाबाट भन्सार छलेर भित्र्याइएका समानसँगै व्यक्ति र उनीहरूले प्रयोग गर्ने सवारीका साधन समेत नियन्त्रणमा लिइएको प्रहरी प्रमुख राठौरले जानकारी दिए ।
गतवर्ष भन्सार छलेर भित्र्याइएको आठ हजार १२८ किलो माछा, १५० किलो सिद्रा र तिनको ओसारपसारमा संलग्न १० मोटरसाइकल नियन्त्रणमा लिइएको र त्यसबाट २१ लाख आठ हजार तीन सय रुपियाँ राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । “हामीले अवैध तरिकाले भित्र्याइने खाद्यान्न नियन्त्रणमा विशेष ध्यान दिएका छौँ,” प्रहरी प्रमुख राठौरले भने, “त्यसका लागि प्रहरीका सबै युनिटलाई कडाइ गर्न निर्देशन गरिएको छ ।” गतवर्ष नाकाबाट भन्सार छलेर भित्र्याइएको एक हजार ३८१ बोरा प्याज, चार वटा ट्रक, २६ मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । त्यसबाट ९८ लाख ७९ हजार ५९५ रुपियाँ राजश्व सङ्कलन भएको प्रहरी जनाएको छ ।
गत वर्ष भन्सार छलेर भित्र्याइएको ६३ हजार १५० किलो चिनी, एक ट्रक र ओसारपसारमा संलग्न १९ मोटरसाइकल नियन्त्रणमा लिएर भैरहवा भन्सार बुझाइएको थियो । त्यसबाट ६६ लाख ५७ हजार नौ सय रुपियाँ राजश्व सङ्कलन भएको थियो । प्रहरी प्रवक्ता भट्टका अनुसार लत्ताकपडा बरामद, लागू औषध नियन्त्रण र फैसला कार्यान्वयन लगायतबाट राजश्व सङ्कलन वृद्धि गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - १२:१९
उर्लाबारी। विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ भने तीनवटा विद्यालयमा कक्षा घटुवा गरेको...
बैशाख १९ गते, २०८३ - ११:५०
काठमाडौँ। काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका...
बैशाख १८ गते, २०८३ - १७:३०
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...
बैशाख १८ गते, २०८३ - १७:२०
काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...
बैशाख १८ गते, २०८३ - १६:३७
काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...
बैशाख १८ गते, २०८३ - १६:११
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...
बैशाख १८ गते, २०८३ - १५:५१
रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...
बैशाख १८ गते, २०८३ - १५:३७
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...
बैशाख १८ गते, २०८३ - १५:१७
काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...
बैशाख १८ गते, २०८३ - १५:०७
काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...


प्रतिकृया लेख्नुहोस्: