Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

‘एक्टरस् टेक वान’ को फर्स्ट लुकमा प्रदीप खड्काको पाँच अवतार

खबरडबली संवाददाता

काठमाडौं । फिल्म ‘एक्टरस् टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् ।

पोस्टरमा प्रदीपका पाँच तस्बिर छन् । घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्बिर र हल्का जाडोमा स्वेटर लगाएका पाँच लुकमा प्रदीप फिचर्ड छन् ।

यी मध्ये टाउका र अनुहारभरी चोट लागेको तस्बिरले पोस्टरमा प्राथमिकता पाएको छ । जसमा उनको टाउकोमा ब्यान्डेज बाँधेको छ । हातमा प्लास्टर छ । जुन हात उनले काँधमा झुण्डाएका छन् । उभिनलाई बैशाखीको सहारा लिएका छन् । उसले उनी ठूलै दुर्घटना वा कुनै आक्रमणमा परेको संकेत गर्छ । यी मध्ये कुन लुकको क्यारेक्टरले फिल्ममा प्राथमिकता पाएको छ, त्यो भने प्रष्ट छैन ।

कात्तिक १५ गते रिलिज हुने फिल्ममा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिकामा छन् ।

राजन भुसालको निर्देशन रहेको फिल्ममा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी ९पीके०, देवेन्द्र नेपाललगायत रहेका छन् । राज बल्लभको यो कमब्याक फिल्म हो ।

अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । थमन कुमारी भण्डारी फिल्मका निर्माता हुन् । पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री छन् ।

फिल्मका लेखक आकाश बराल र राजन भुसाल हुन् ।  ट्राइडेन कन्सेप्टको पब्लिसिटी तथा पोस्टर डिजाइनमा रोयल भिमसेन र सुजन श्रेष्ठ छन् । शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको फिल्ममा अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको फिल्ममा सह निर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की रहेका छन् । फिल्ममा काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का रहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending