बैङ्कक । थाईल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् ।
विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृत्यु भएको अनुमान गरिएको थाई अधिकारीहरूले जनाएका छन् । दुई पाइलट तथा सात जना यात्रुसहित नौ जना सवार जहाज बैङ्ककको सुवर्णभूमि विमानस्थलबाट थाइल्यान्डको खाडीस्थित ट्राट प्रान्ततर्फ जाँदै गर्दा दुर्घटना भएको स्रोतले जनाएको छ ।
दुर्घटनापछि बेपत्ता व्यक्तिहरूलाई खोज्ने प्रयास गरिरहेको बताउँदै विमानमा सवार सबै जनाको मृत्यु भइसकेको चाचोङ्साओका गभर्नर चोन्लेटी याङट्रोङ्गले घटनास्थलमा पत्रकारहरूलाई जानकारी दिए । स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा सवार यात्रुहरूमा दुई बालबालिकासहित चार थाई र पाँच चिनियाँ नागरिक थिए ।
दुर्घटनाग्रस्त विमानको खोजी कार्यका लागि ३०० भन्दा बढी सैन्य कर्मचारी र स्वयंसेवक तैनाथ गरिएको छ भने अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरीसकेका छन् । खोजीकर्ताहरूले दुर्घटनामा परेका मानिसहरूका शरीरका केही अङ्ग तथा विमानका टुक्राहरू फेला पारेको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार भारी वर्षाका कारण खोजी कार्यमा बाधा पुगेको छ । तर चोन्लेटीले वेपत्ताहरू फेला नपारेसम्म खोजीकार्य नरोकिने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८१ - २०:४२
सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र पारिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाक...
फाल्गुन २९ गते, २०८१ - २०:३२
काठमाडौँ । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसल...
फाल्गुन २९ गते, २०८१ - २०:२६
भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम...
फाल्गुन २९ गते, २०८१ - १९:५६
उदयपुर । गएको दुई दिनमा जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ गरेर कानुनी...
फाल्गुन २९ गते, २०८१ - १९:४९
काठमाडौं । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ । विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो । युग...
फाल्गुन २९ गते, २०८१ - १९:४५
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्...
फाल्गुन २९ गते, २०८१ - १९:४२
काठमाडौं । काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन र लागू प...
फाल्गुन २९ गते, २०८१ - १९:३९
काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर...
फाल्गुन २९ गते, २०८१ - १९:३१
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्श...
फाल्गुन २९ गते, २०८१ - १९:२६
पाँचथर । नमोबुद्ध युथ क्लब सप्तरी पाँचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिममा बिहीबार भएको सेमिफाइनल खेलमा नमेबुद्धले काठमाडौँको चर्च ब्व...
प्रतिकृया लेख्नुहोस्: