ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताएकी छन् ।
भक्तपुर विकास सहयोग सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा ३०औँ खोपृङ सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले मूर्त तथा अमूर्त कला, सम्पदाले सजिएको सांस्कृतिक रुपमा संरक्षित ऐतिहासिक दरबार क्षेत्र र यहाँका सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित शहरको रुपमा परिचित भएको बताएकी हुन् ।
“सांस्कृतिक धरोहर, ऐतिहासिक सम्पदाले सजिएको भक्तपुर पूर्खाको पौरखबाट सृजित उन्नत सहरको रुपमा स्थापित भएको छ, हाम्रा पुर्खाले सृजना गरेका ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो”, उनले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले भक्तपुर विकास सहयोग सङ्घले सम्पदा संरक्षणका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् । सङ्घले प्रकाशन गरेको खोपृङ पत्रिकामा विषय विज्ञद्वारा लिखित लेख रचनाले नेपाली वाङ्मयका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने उनले विश्वास व्यक्त गरिन् ।
सङ्घले गरेका कार्यबाट पर्यटनको प्रचारप्रसारका साथै स्थानीयको आयआर्जनमा महत्वपूर्ण काम भइरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रसिद्ध जुजु धौले देशभर प्रसिद्धि कमाएको स्मरण गरिन् । दार्शनिक एवं सांस्कृतिक चिन्तक जगमान गुरुङ, वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ, संस्कृति शिरोमणि हरिराम जोशी, वरिष्ठ वाङ्मय साधन तथा भाषासेवी तेजेश्वर बाबु ग्वंगः र वरिष्ठ गायक योगेशवर अमात्यलाई सम्मान गरिएको थियो ।
बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले समाजले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्यहरू गर्दै आइरहेको उल्लेख गर्दै समाजले गरेको कामप्रति आभार व्यक्त गरे । उनले समाजको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्न आग्रह गर्दै भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गराउन लागि पर्ने बताए । समाजका अध्यक्ष राजु मृगेन्द्र जोशीले सामाजिक कार्यका लागि गरिएको सानो कार्यले ठूलो परिवर्तन हुनसक्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: