काठमाडौं । नेपाली कांग्रेसले रामेछापको शैलुङ्गमा गएको पहिरो, सिन्धुलीको गोलन्जोरमा भएको जिप दुर्घटना र विभिन्न स्थानमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । आज विज्ञप्तिमार्फत कांग्रेसले पहिरोमा परी निधन भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।
रामेछापको शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरीगाउँमा गएरातिको पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने चार जना हराइरहेका छन् । यस्तै खोटाङको हलेसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र नं ३–०१–०२३च ६३६६ को जिप हिजो मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट सुनकोशीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन् ।
यसैगरी बाराबाट भारतको झारखण्ड देवघरमा जल अर्पण गर्न गएका नेपाली तीर्थयात्री सवार बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ४३ यात्रु मध्ये ३५ भन्दा बढी यात्रु घाइते भएका छन् । आजै महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
कांग्रेसले उक्त सबै घटनाप्रति दुःख व्यक्त गर्दै शैलुङ्गको पहिरो र सुनकोशीमा हराइरहेकाको खोजीकार्य तीव्र पार्न र बस दुर्घटनाका घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - २०:४९
काठमाडाैं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अद...
पौष २५ गते, २०८१ - २०:१९
स्वास्थ्य परीक्षणपछि छुट्दै रवि
पौष २५ गते, २०८१ - १९:५८
तनहुँ । सहकारीको प्रबन्धकलाई कुटपिट गरेको आरोपमा तनहुँमा प्रहरीले एकजना जनप्रतिनिधि सहित पाँच जनालाई पक्राउ गरेको छ । भिमाद नगरपालिका–७ का वडाध्यक्ष प...
पौष २५ गते, २०८१ - १९:५१
काठमाडाैं । करिब तीन महिनादेखि थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न कास्की जिल्ला अदालत...
पौष २५ गते, २०८१ - १९:२२
पोखरा । पाेखराकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि तीनजना धरौटी बुझाएर छुटेका छन् । अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरु...
पौष २५ गते, २०८१ - १९:११
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा रहे...
पौष २५ गते, २०८१ - १९:०७
मुस्ताङ । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको...
पौष २५ गते, २०८१ - १८:५८
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन् । ...
पौष २५ गते, २०८१ - १८:५५
ल्हासा । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्न ३ः०० बजेसम...
पौष २५ गते, २०८१ - १८:५१
जेनेभा । वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० ला...
प्रतिकृया लेख्नुहोस्: