Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्ड तत्काल नखुल्ने

खबरडबली संवाददाता

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने भएको छ । सोमबार बिहानदेखि क्रेनको सहायतामा दुर्घटनामा परेको बस निकाल्नको लागि सडक बन्द गरिएको हो ।

बस निकाल्न प्रयोग गरिएको क्रेनको बुम भाँचिएकोले तत्काल सडक नखुल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको क्रेन मगाएर बस निकाल्न लागिएको उनले जानकारी दिए । दिउँसो १२ बजेसम्ममा काम पुरा गर्ने योजना रहेकोमा बुम भाँचिएपछि सम्भव नभएको पौडेले जानकारी दिए । पौडेलले भने, 'यात्रुलाई समस्या नपरोस् भनेर अर्को क्रेन मगाएर आजै दिनभरिमा पुरा गर्ने गरी काम भइरहेको छ ।'

तनहुँको आबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मर्स्याङ्दी नदीबाट निकाल्लको लागि यातायात बन्द गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान ७ः४५ बजेबाट निकाल्न लागिएको र चार घण्टादेखि पाँच घण्टा समयमा निकाल्ने योजना थियो ।  

दुर्घटनाग्रस्त सवारीसाधन निकाल्नको लागि ठुला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधानहरु पूर्णरुपमा बन्द गरिएको हो ।

ऐनापहरा भारतीय पर्यटक रहेको बस मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना सख्त घाइते भएका थिए । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना जारी गरी सोमबार बिहान ६ः३० बजेबाट १० बजे सम्म गरी साढे तीन घण्टा यातायात बन्द हुने सूचना जारी गरेको थियो । तर १० बजेपछि पनि सडक नखुल्दा यात्रु समस्यामा परेका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ।  न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको ...

शहरी विकास मन्त्रालयका सचिव गेलाल सेवानिवृत्त

काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवा निवृत्त भएको छन् । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार मन्त्रालयम...

निर्वाचन आयोगले काठमाडौं–१६ र कीर्तिपुरमा खटायो अनुगमन टोली

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका १६ र कीर्तिपुर नगरपालिकामा आचारसंहिता अनुगमन टोली खटाएको छ । उपनिर्वाच...

सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक एक द...

दमक नगरपालिकाभित्रका सबै महिलालाई नि:शुल्क ‘सेनिटरी प्याड’

दमक। झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई बर्षभरी नै नि:शुल्क रुपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १६ द...

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताएको छन् । छैटौँ एसियाली जनस...

बाढीपहिरोको दुई महिना: सुरक्षित वासस्थानको माग गर्दै पीडित

काभ्रेपलाञ्चोक। बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनर्निर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित वासस्थानको माग गरेका छन...

फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी

पेरिस। फ्रान्समा आफ्नी श्रीमतीलाई लागुऔषध खुवाएर १० वर्षसम्म अज्ञात व्यक्तिबाट बलात्कार गर्ने अभियुक्तलाई २० वर्ष कैद सजायको माग गरिएको छ । ती आरोप...

यसरी गर्दैछन वाइडेनले ट्रम्पलाई सत्ता हस्तान्तरण

काठमाडौं। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर अब उनले यो पद सम्हाल्न कम्तिमा जनवरी २० सम्म कुर्नु पर्नेछ । वास्तवमा, अमेरिकी...

विश्वमा सबैभन्दा बढी भात खाने देश बन्यो अफ्रिका

काठमाडौ। नेपाललगायत दक्षिण एसियका सबै देशमा भात खाइन्छ।  यो फरक कुरा हो कि केहि देशहरुमा यसको खपत धेरै छ। नेपालमा जस्तै विश्वका धेरै देशमा चामलको ठ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy