मकवानपुर । बागमती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा रु नौ अर्ब कम राजस्व संकलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०/८१ मा लक्ष्यभन्दा रु नौ अर्ब तीन करोड ३१ लाख २७ कम राजस्व संकलन भएको हो ।
प्रदेश सरकारले आव २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु.४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा तीन सबै शीर्षकबाट रु ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार मात्र राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट रु २६ अर्ब ६८ करोड ६८ लाख ४० हजार राजस्व संकलन हुने लक्ष्य लिएकोमा त्यसको ८१ दशमलव ८५ प्रतिशत अर्थात रु २१ अर्ब ८४ करोड २२ लाख मात्र राजस्व संकलन भएको छ ।
यस्तै, प्रदेश सरकारको आन्तरिक स्रोतबाट रु तीन अर्ब ७५ करोड ५२ लाख ३५ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यको ९७ दशमलव ५२ प्रतिशत अर्थात रु तीन अर्ब ६६ करोड २० लाख २० हजार राजस्व मात्र संकलन भएको सूचना अधिकारी पौडेलले बताए ।
संघीय सरकारबाट रु १७ अर्ब ८१ करोड २३ लाख अनुदान प्राप्त हुने अनुमान गरिएकोमा त्यसको ७७ दशमलव ०१ प्रतिशत अर्थात रु १३ अर्ब ७१ करोड ७० लाख २६ हजार अनुदान प्राप्त भएको उनको भनाइ छ ।
गत आव २०७९/८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेको भन्दा १७ प्रतिशत कम राजस्व संकलन भएको थियो । प्रदेश सरकारले आव २०७९/८० मा रु ५५ अर्ब ३१ करोड राजस्व संकलनको अनुमान गरेकोमा रु ४५ अर्ब ८८ करोड राजस्व संकलन गरेको थियो ।
प्रदेश सरकारले आव २०७९/८० मा विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दातसहित रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार प्राप्त हुने अनुमान गरिएकोमा त्यसको १०५ दशमलव ४५ प्रतिशत अर्थात रु ६६ अर्ब १२ करोड ६९ लाख २० हजार प्राप्त भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले बताए ।
प्रदेश सरकारले आव २०७९/८० मा विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दातसहित ७० अर्ब ९३ करोड प्राप्त हुने अनुमान गरेकोमा रु ७७ अर्ब ८२ करोड संकलन गरेको थियो । संघीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोत लगायतका राजस्व संकलनमा आएको कमी र आर्थिक मन्दीका कारण संघीय सरकारले केही कार्यक्रम कटौती गर्नु जस्ता कारणले राजस्वमा कमी आएको प्रमुख उपाध्यायको कथन छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८३ - २०:३८
झापा । सुकुम्वासी र भूमिहीन बस्तीमा डोजर चलाइएको भन्दै झापा क्षेत्र नं. ५ मा स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध ...
बैशाख २३ गते, २०८३ - २०:२९
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा जोडिइसकेको दाबी गरेका छ...
बैशाख २३ गते, २०८३ - २०:२४
काठमाडाैँ। संयुक्त राज्य अमेरिका र इरानबिच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति ...
बैशाख २३ गते, २०८३ - २०:१८
सुर्खेत । गुराँस गाउँपालिका का अध्यक्ष टोपबहादुर बिसी माथि प्रमुख प्रशासकीय अधिकृतमाथि गिलास प्रहार गरेको आरोप लागेको छ। वैशाख २१ गते दिउँसो करिब २...
बैशाख २३ गते, २०८३ - २०:१०
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्क...
बैशाख २३ गते, २०८३ - १९:३८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्य...
बैशाख २३ गते, २०८३ - १९:३४
काठमाडौं। वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष राजीनामा बुझाएका हु...
बैशाख २३ गते, २०८३ - १९:३३
काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर...
बैशाख २३ गते, २०८३ - १९:२९
बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्म...
बैशाख २३ गते, २०८३ - १९:२५
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।...


प्रतिकृया लेख्नुहोस्: