Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

उधारो सामानको पैसा उठाउनै मुस्किल पर्न थाल्यो

खबरडबली संवाददाता

पर्सा । इलामको पञ्चकन्या छ स्थायी घर भएका उद्यमी प्रेमप्रसाद आचार्यले उधारो लेनदेन नउठेको भन्दै २०७९ माघ १० गते काठमाडौँको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरे । आत्मदाहको प्रयास गरेर गम्भीर घाइते भएका आचार्यको माघ ११ मा मृत्यु भयो ।

उद्यमी आचार्यको मृत्युसँगै मुलुकभरि नै जोडतोडले उधारो लेनदेन तथा कारोबारलाई व्यवस्थित गर्ने कानुन बनाउनुपर्ने विषय उठान भयो । तर, सो घटना घटेको १९ महिना बित्दा पनि अहिलेसम्म सो कानुन निर्माण गर्ने विषय ओझेलमा पर्दै आइरहेको छ ।  उद्यमी आचार्य जस्तै अहिले उद्योगधन्दा र व्यवसाय गर्दै आइरहेका धेरै उद्यमी– व्यवसायी भने उधारो दिएको वस्तु तथा सामानको रकम फिर्ता नभएकै कारणले विभिन्न खालका समस्या र चुनौती झेल्दै आइरहेका छन् ।

सङ्घीय संसद्ले पनि उधारो कारोबार सम्बन्धित कानुन बनाउने विषयमा अहिलेसम्म पनि गृहकार्य गरेको छैन । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले नेपालको बजारको चक्र नै उधारोमा चल्ने भएकाले पनि उधारो कारोबारसँग सम्बन्धित कानुनको आवश्यकता परेको बताउँछन् ।

‘‘नेपालको समग्र बजारको चक्र नै उधारोमा चलेको छ । उधारोमा वस्तु तथा सामान दिन्न भनेर कोही उद्योग लागेको खण्डमा व्यापार नै नहुने अवस्था छ’’, उनले भने, ‘‘उधारो नदिइकन एउटा बिल पनि काट्दैन । उधारो नदिई सुखै छैन । विगतमा व्यापारमा इमान हुन्थ्यो । उधारो दिएको सामानको पैसा पनि सहजै उठ्ने गर्थ्यो । तर, कोभिड–१९ को महामारीपछि इमानबाट चलेको व्यापार–व्यवसाय बेइमानी ढङ्गले चल्न थाल्यो । यसको कारणले उधारोमा दिएको सामानको पैसा उठाउनै मुस्किल पर्न थाल्यो ।’’ 

वरिष्ठ उपाध्यक्ष गौतमले उधारोमा वस्तु तथा सामान लैजाने व्यापारी तथा सप्लायर्सलाई धेरै ताकेता गर्दा उल्टै आत्महत्या दुरुत्साहनको मुद्दा लगाइ दिउँला भन्ने खालका चुनौती थपिएको गुनासो गर्छन् ।

‘‘उधारोमा वस्तु तथा सामान दिने उद्योगी–व्यवसायी टाट पल्टिने र उधारोमा समान लिने व्यवसायी तथा सप्लायर्सले कानुनी उन्मुक्ति पाउँदै आइरहेका छन् ।’’ उनले भने,‘‘उधारोमा सामान दिने उद्योगी व्यवसायी आफू डुब्ने तर, लिने  कहिल्यै पनि कानुनी दायरामा नआउने समस्याको अन्त्य गर्न पनि उधारो कारोबारसँग सम्बन्धित कानुन आवश्यकता परेको हो ।’’

अर्थशास्त्री दीपेन्द्रकुमार चौधरी पनि उधारो कारोबारलाई व्यवस्थित गर्ने खालको कानुन तत्कालै बनाउनुपर्ने बताउँछन् । ‘‘बजार उधारोमा नै चलेको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, उद्योगधन्दा लगाउने, व्यवसाय गर्ने, त्यसको भन्सार तिर्ने, भ्याट तिर्ने, श्रमिकको तलब तथा सेवा सुविधा दिने, आयकर तिर्ने लगायतका सबै काम गर्ने गर्छन्”, उनले भने, ‘‘उद्योगी व्यवसायीको पैसा भने बजारमा गएर फस्ने समस्या रहेको छ । त्यसलाई राज्यले उधारो कारोबारसँग सम्बन्धित कानुन ल्याएर सम्बोधन गर्न आवश्यक भइसकेको छ ।’’ 

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालु आव २०८१/८२ को बजेट वक्तव्यको बुँदा नम्बर ९३ को अन्तिम वाक्यांशमा उधारो कारोबार सम्बन्धी कानुन तर्जुमा गरिनेछ भन्ने उल्लेख गरेका पनि छन् । 

अर्थशास्त्री चौधरी सरकारले बजेट वक्तव्यमा पनि उधारो कारोबार सम्बन्धित कानुन बनाउने कुरालाई समावेश गरेकाले सो कानुन निर्माण गर्न अर्थ मन्त्रालय सक्रिय हुनुपर्ने बताउँछन् । बैंक तथा वित्तीय विश्लेषक अनलराज भट्टराई पनि सरकारले उधारो कारोबारलाई व्यवस्थित गर्ने खालको कानुन बनाउन ढिलासुस्ती गर्न नहुने बताउँछन् । ‘‘विदेशी मुलुकमा ‘कर्पोरेट डेब्ट रिकभरी एक्ट’ प्रचलनमा आए जस्तै नेपालमा पनि सोसँग सम्बन्धित कानुन बनाउन जरुरी भइसकेको छ’’, उनले भने, ‘‘अहिले उद्योगी व्यवसायीले सरकारलाई १३ प्रतिशत सामानको भ्याट तिरेर उधारोमा दिनुपर्ने बाध्यता रहेको छ । त्यसैले व्यापारी र उद्योगीले उधारोवापत पैसा सहजै असुलउपर गर्न सक्ने खालको कानुन बनाउने बेला भइसकेको छ ।’’ बैंक तथा वित्तीय विश्लेषक भट्टराईले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्नेलाई बैंक तथा वित्तीय ऐनबाट ऋणीलाई कारबाही भएजस्तै उधारो सामान लिएर रकम फिर्ता नगर्नेका लागि उधारो कानुन सम्बन्धित ऐन ल्याएर व्यवस्थित गर्नुपर्ने बताउँछन् । 

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षत्री पनि उधारो कानुन आएको खण्डमा न्यूनबिलविजकीकरणको समस्या अन्त्य हुने बताउँछन् ।‘‘अहिले न्यून बिलविजकीकरणको निकै ठूलो समस्या रहेको छ,’’ उनले भने,‘‘कानुन समाज र अर्थतन्त्रको आवश्यकता अनुसार बनाउनुपर्ने हुन्छ । अब उधारो कारोबार सम्बन्धित कानुन बनाएर अघि बढ्दा पक्कै पनि राम्रो हुने थियो ।’’ 

उधारो कारोबार सम्बन्धित कानुन बनेसँगै निजी क्षेत्रका लगानीकर्ताले पनि आफ्नो लगानी सुरक्षित हुन्छ भन्ने विश्वाससहित लगानी गर्नेछन् । जसले मुलुकमा लगानी गर्ने वातावरण मात्र नभएर उद्योगधन्दा पनि फस्टाउने अवसर पाउनेछन् । 

‘‘उधारोको रूपमा आफ्नो लगानी नडुब्ने भै सकेपछि उसले बजारमा प्रतिस्पर्धात्मक रूपमा काम गर्न पनि सक्नेछन्,’’ संघका वरिष्ठ उपाध्यक्ष गौतमले भने,‘‘ उद्यमीले सरकारलाई अग्रिम तिरेको भंसार, मूल्य अभिवृद्धि कर, आयकर आदि पुनर्प्राप्ति हुने कुरामा सुरक्षित हुन्छ । छ । स्वच्छ औद्योगिक वातावरण कायम हुने भएकोले लगानीकर्ताले नयाँ नयाँ प्रविधि सहितको औद्योगिक प्रतिष्ठान स्थापना गर्नेछ ।’’ 

अर्थशास्त्री चौधरी उधारो कारोबार सम्बन्धित कानुन बनेपछि व्यवसायीलाई मात्रै नभएर सरकारलाई पनि फाइदा हुने दाबी गर्छन् । ‘‘अहिले उधारो कारोबारको ‘रोटेसन’ नौं महिनामा चल्दै आइरहेको छ । उधारो कारोबार सम्बन्धित कानुन आएसँगै यो रोटेसन कम्तीमा पनि एक महिनामा आउनेछ,’’ उनले भने,‘‘उद्योगी तथा व्यवसायीले आफ्नो पैसा छिटो उठ्ने भएसँगै थोरै नाफा खाएर प्रतिस्पर्धी मूल्यमा उपभोक्तालाई वस्तु तथा सामान बिक्री गर्नेछन् । जसले गर्दा उपभोक्ताले पनि सरल र सुलभ मूल्यमा सामान प्राप्त गर्ने वातावरण बन्नेछ ।’’  

कुनै पनि उद्योगधन्दा तथा व्यापार गर्दा बैंक तथा वित्तीय संस्थाबाट ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा व्यापार तथा उद्योग स्थापना गर्ने गरिन्छ ।  संघका वरिष्ठ उपाध्यक्ष गौतमले कुनै व्यापारी वा सप्लायर्सले उधारोमा लागेको सामान निश्चित समयभित्रै तिर्ने कानुन भएसँगै उधारो नउठ्ने समस्याको समाधान हुने बताउँछन् ।

‘‘बैंक तथा वित्तीय संस्थाले उद्योगधन्दामा अधिकतम ७० प्रतिशतसम्म ऋण लगानी गरेका हुन्छन्’’, उनले भने, ‘‘कोही सप्लायर्सले उधारोमा सामान लगेर तिरेन भने त्यसको जिम्मेवार भने सधैँ उद्योगी मात्रै हुने अहिलेको परिपाटी रहेको छ । त्यसैले पनि उधारो कानुन बनेसँगै सप्लायर्सले पनि जिम्मेवारीबाट भाग्न नपाउने वातावरण सिर्जना हुनेछ ।’’ बैंक तथा वित्तीय संस्थाले यो कानुन बनेसँगै बिस्तारै बैंकको प्रिमियम शुल्क र अन्य अतिरिक्त शुल्क पनि कम गरेर सस्तोमा ऋण पाउने वातावरण बन्नेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending