Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

बाँसबारी जग्गा प्रकरणः सत्ता परिवर्तनसँगै रोकियो जग्गा हिनामिनाको अनुसन्धान

खबरडबली संवाददाता

काठमाडौं ।  सत्ता फेरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना मुद्दाको अनुसन्धान रोकेको छ । 

गृहमन्त्रीमा नेपाली कांग्रेसका नेता रमेश लेखक आएपछि सिआईबीले अघोषित रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उद्योगपति विनोद चौधरीको समेत संलग्नता रहेको सो मुद्दाको अनुसन्धान रोकेको स्रोतले बतायो ।

जुत्ता कारखानाको जग्गा गैरकानुनी रूपमा चाँदबाग स्कुलको नाममा लगिएको प्रकरणमा सिआइबीले माघबाटै अनुसन्धान थालेको थियो । सिआईबीले सिजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरसहित मुख्य लगानीकर्ता अरुण चौधरी तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उनीहरू हाजिरी जमानीमा छुटेका छन् । सिआइबीले उद्योगपति तथा सांसद चौधरीसँग पनि यो प्रकरणमा बयान लिएको थियो ।

छाला जुत्ता कम्पनीलाई सहयोग गर्ने नाममा च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी ६ रोपनी जग्गा सस्तोमा खरिद गरेको थियो । पछि चार रोपनी जग्गा सेयर दिएर फुटवेयरले लिएर १० रोपनी जग्गा हत्याएपछि कम्पनी बन्द गरिएको थियो ।

जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा भए हाइप्रोफाइल जोडिएकाले मुद्दाबारे निर्णय गर्न विविध कारणले नसकिएको सिआइबीका एक अधिकृतले जानकारी दिए । जग्गा मालपोत कार्यालयले सरकारको नाममा ल्याइसके पनि चाँदबाग विद्यालय त्यही जग्गामै सञ्चालनमा रहेको छ ।

सीआईबीले उद्योगपति चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएर जिल्ला सकारी वकिल कार्यालय काठमाडौंका अधिकारीको रोहवरमा बयान लिएको थियो । त्यसपछि चौधरी यो मुद्दा मिलाउन भारत, श्रीलंकादेखि सिंगापुरसम्म पनि पुगेका थिए ।

कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । फुटवेयरमा बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थियो । फुटवेयरलाई जग्गा लिँदा मिलेमतो गरेर तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको दाबी सिआईबीका अधिकारीहरूले अनुसन्धान पश्चात गरिरहेका छन् ।

८३ रोपनी क्षेत्रफलमा २०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना कम्पनी निरन्तर घाटामा गएको देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी ९दुई पटक गरी० जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो । च्याम्पियनले २५ लाख रुपैयाँ बराबर हुने गरी कम्पनीको २५ सय कित्ता सेयर बाँसबारीलाई दिएको थियो ।

बाँकी ७५ प्रतिशत सेयर चौधरी परिवारका विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालका नाममा कायम भएको सीआईबीको अनुसन्धानबाट पत्ता लगाएको छ । च्याम्पियन फुटवेयरमा २५ प्रतिशत सेयरका लागि बाँसबारीको जग्गाको मूल्यांकनबाट २५ लाख लिइएकामा ७५ प्रतिशत सेयरबापत चौधरी परिवारले भने आठ लाख मात्र भुक्तान गरेको देखिएको सीआईबीले अनुसन्धानबाट पत्ता लगाएको छ । बाँसबारीको २५ प्रतिशत सेयर लिएपछि च्याम्पियन फुटवेयर लिमिटेडलाई प्रालि बनाइएको थियो ।

च्याम्पियन फुटवेयर प्रालि अहिले ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ बनेको थियो । यो जग्गामा अहिले चाँदबाग स्कुल चलाइएको छ ।

अहिले कांग्रेस नेता लेखक गृहमन्त्री भएपछि चौधरीले अनेकन उपाय लगाएर अनुसन्धान रोक्न र मुद्दाबारे निर्णय नगर्न सिआईबीलाई दबाब दिएका निकटस्थ स्रोतहरू बताउँछन् । निकटस्थ स्रोतले सिआईबीका प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीलाई सरुवा गर्ने दबाब पनि चौधरीले गृहमन्त्री लेखकलाई दिएका थिए । अहिले सिआईबीचमा प्रमुख भएर दीपक थापा पुगेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य समस्याका कारण प्रचण्ड सर्वदलीय बैठकमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...

साइकलसँगै सडक किनारमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...

पूर्वगृहमन्त्री गुरुङलाई क्लिनचिट, सम्पत्ति विवादमा समितिको प्रतिवेदन सार्वजनिक

​काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...

रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...

आजको कृषिउपजको थोक मूल्य सार्वजनिक, गाजर र च्याउ महँगो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...

पाँचथरमा गुरुङ, तनहुँमा बाँस्तोला र बाँकेमा श्रेष्ठ निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...

अवैध लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...

ईश्वरी हत्याको अभियोगमा थप ३ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...

प्रतिनिधि विवादले रास्वपा उदयपुर अधिवेशन प्रभावित, निर्वाचन प्रक्रिया स्थगित

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...

संसदीय गतिरोधबीच रास्वपाको पहल, रविले बोलाए सर्वदलीय बैठक

​काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending