Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

राष्ट्रिय चिया नीति संशोधन हुन्छ : मन्त्री अधिकारी

खबरडबली संवाददाता

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले राष्ट्रिय चिया नीति, २०५७ मा आवश्यक संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । 

नेपाली अर्थोडक्स चिया प्रदर्शनीको मङ्गलबार यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले २५ वर्षअघि बनाइएको चिया नीतिलाई समयसापेक्ष संशोधन गरी नेपालमा उत्पादन हुने चियाको प्रवर्द्धन गरिने बताए । विदेश निर्यात हुने चियाको उचित मूल्य दिलाउन पनि आफूले प्रयत्न गर्ने उनको भनाइ थियो । नेपालमा उत्पादन हुने चियालाई आन्तरिक र बाह्य बजारमा प्रवर्द्धन गर्न मन्त्रालयले काम गरिरहेको मन्त्री अधिकारीले बताए । 

नेपाली चियाको मुख्य निर्यात बजार भारत भएको तर भारत आफैँ चियाको ठुलो उत्पादक रहेकाले नेपाली चियाले उचित मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया बिक्री गर्न चिया उद्योगी बाध्य हुने गरेकाले यो समस्या समाधानका लागि पहल गर्ने मन्त्री अधिकारीले बताए । 

“कार्यक्रमले हाम्रो ध्यान उत्पादनको गुणस्तर सुधारमा केन्द्रित गराउन, जैविक र दिगो खेती प्रणालीलाई कायम गरी निरन्तरता दिन प्रोत्साहन गर्नेछ, नेपाली अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियाको बीचमा उभिन सक्ने सम्भावना छ”, उनले भने । 

नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि चियाको अक्सन विकल्प हुनसक्ने बताए । नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्ने उनले प्रतिबद्धता जनाए । प्रदर्शनीले नागरिकलाई नेपाली चियाको गुणस्तरको बारेमा जागरूकता पैदा गर्ने विश्वास गरिएको छ । स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्नेछ, जसले बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्ने विश्वास गरेको मन्त्री अधिकारीले बताए । निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी तथा प्रोत्साहन गर्न सरकार सदैव तयार रहने उनले बताए । 

“नेपालको ओर्थोडक्स चिया केवल उत्पादन मात्र होइन, यो हाम्रो सम्पदा हो जसलाई हामीले माया र प्रवर्द्धन गर्नुपर्छ । नेपालको अर्थोडक्स चियालाई हाम्रो देश र विश्वभरि एक परिचित नाम बनाउन सबै मिलेर काम गरौँ”, मन्त्री अधिकारीले भने । चियाको ब्राण्डिङ अनि प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता सो अवसरमा उनले व्यक्त गरे । सामूहिक प्रयासले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा नेपाल चिनाउने प्रतिनिधिको रुपमा स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने आशा गरिएको मन्त्री अधिकारीको भनाइ थियो । 

चिया प्रदर्शनी आयोजक समितिका सोनाम पाल्जोर लामाले नेपाली चियाको आन्तरिक र बाह्य बजार प्रवर्द्धन गराउने उद्देश्यले नै चिया प्रदर्शनी गरिएको जानकारी दिए । चियाको प्रवर्द्धनमा २५ वर्ष अघि बनेको चिया नीति बाधक भएकाले त्यसलाई समय सापेक्ष संशोधन गरिनुपर्ने उनको माग थियो । 

चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले प्रदर्शनी  आयोजना गरिएको हो । ठमेलस्थित छायाँ सेन्टरमा आयोजना गरिएको प्रदर्शनीमा ५८ कम्पनीका एक सय ४० प्रकारका चिया राखिएको व्यवसायी पेम्बा ह्योल्मोले जानकारी दिए । पूर्वी नेपालमा उत्पादित उच्च गुणस्तरको चिया विदेश निर्यात हुने गरेको छ । नेपालमा उत्पादित सबै चिया विदेश निर्यात हुँदैन । उच्च गुणस्तरको चिया नेपालको ठमेल र पोखराजस्ता पर्यटकको बढी चहलपहल हुने ठाउँमा पनि खपत हुने गरेको छ । इलामको सूर्योदय नगरपालिकाका युवाले उक्त कार्यक्रम आयोजना गरेका  हुन् ।

नेपालका विभिन्न जिल्लामा उत्पादित उच्च गुणस्तरको चिया ठमेल र पोखरा जस्ता पर्यटकको बढी चहलपहल हुने ठाउँमा प्रतिकिलो रु. तीन हजारदेखि रु. २० हजारसम्ममा बिक्री हुने गरेको छ । चिया एवम् कफी क्षेत्रका प्रवर्द्धनमा स्थानीय, प्रदेश र केन्द्र गरी तीनै तहका सरकारको सहयोग आवश्यक पर्नेमा व्यवसायीले जोड दिएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending