तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्र सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत आर्थिक वर्षमा दुई लेनको २० किलोमिटर सडक कालोपत्र सकिएको हो ।
मुग्लिन–पोखरा सडक आयोजना कार्यालयले गत आवमा १० किमी कालोपत्र गर्ने लक्ष्य राखेकामा लक्ष्य बमोजिमको काम सम्पन्न गरेको आयोजनाको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए ।
पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । पौडेलका अनुसार सोही अवधिमा ०.५ किमी ‘ट्र्याक’ चौडा गर्ने काम भएको छ भने ९५ प्रतिशत ‘ब्याककटिङ’ सम्पन्न भएको छ । सोही अवधिमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँचवटा सम्पन्न भएका पौडेलले जानकारी दिए । निर्माण गर्नुपर्ने १३ पुलमध्ये आठ पुलको सुपर स्ट्रक्चरको निर्माण सम्पन्न भइसकेको उनको भनाइ छ ।
विगत केही समय पश्चिम खण्डमा न्यून प्रगति भएको अवस्थामा अहिले कामको गति बढेको छ । गत आवमा आयोजना कार्यालयको पहलमा निर्माणसँग सरोकार भएका निकायको साथ र सहयोगले सडक स्तरोन्नतिको भौतिक प्रगति नौबाट २८ प्रतिशत पुगेको पौडेलले जानकारी दिए ।
“नेपालको अधिक वर्षा हुने क्षेत्रमा अवस्थित यस राजमार्गको स्तरोन्नति कार्यको सुरु डिजाइनमा सडकको सानो बफर क्षेत्रको मात्र गर्ने योजना बनाइएकामा सडकको अवस्था र चाप तथा नयाँ निर्माण भएको विमानस्थललाई दृष्टिगत गरी जामुनुबाट सेती पुलसम्मको डिजाइन परिवर्तन गरिएको छ”, इञ्जिनियर पौडेलले भने ।
सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचनाहरु स्थानान्तरणका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरणको काम भइरहेको उनले उल्लेख गरे ।
आयोजना कार्यालयले लागत बेहोर्ने गरी नेपाल विद्युत् प्राधिकरणका निकायमार्फत विद्युत् पोल स्थानान्तरण गर्न जिल्ला प्रशासन कार्यालय, विद्युत्सम्बन्धी सरोकार भएका निकायको समन्वयमा स्थानान्तरण गर्नुपर्ने दुई हजार ३१ पोलमध्ये एक हजार दुई सय ३६ स्थानान्तरण भइसकेको पौडेलले बताए ।
पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: