Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मेसिन थपियो

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री पौडेलले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरु तत्पर रहनुपर्ने बताए । विशिष्टकृत सेवा सुविधा सरलीकृत ढंगबाट प्राप्त गर्न नसकिरहेको बताउँदै उनले विशिष्टीकृत सेवा सरलीकृत ढंगबाट सहज माध्यमबाट प्राप्त गर्ने माध्यम स्वास्थ्य बीमा भएको बताए । आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुमा चिनी करको व्यवस्था गरी त्यसबाट प्राप्त हुने रकम बीमामा जम्मा गर्न सकिने उल्लेख उनले गरे । १६ लाख घरपरिवार नेपाल सरकारको स्वास्य बीमामा आबद्ध रहेको बताउँदै उनले बीमा गरेबापत जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्न सके बीमामार्फत स्वास्थ्य सेवालाई व्यवस्थित र सर्वसुलभ ढंगले सेवा प्रदान गर्न सकिने बताए । उनले बीमाको स्रोत सुनिश्चित गर्न आवश्यक भएको भन्दै स्वास्थ्य उपचारकै कारण लाखौं जनता गरिबीको रेखामुखि पुगेको हुँदा नसर्ने रोगहरुबारे नागरिकलाई रोग नलाग्ने उपाय र चेतना जगाउन आवश्यक भएको बताए ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा अस्पताल विकास समिति, कर्मचारी, डाक्टर, नर्सको योगदान महत्वपूर्ण हुने बताए ।    भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सल्लाघारीमा ख्वप विश्वविद्यालय स्थापना गरी देश विदेशका विद्यार्थीहरुलाई सर्वसुलभ ढंगले उच्च शिक्षा अध्ययन गर्ने व्यवस्थाको योजना रहेको उनले सोही क्रममा बताए । भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एउटै बनाएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने विषयमा यसअघि पनि छलफल भइसकेको प्रसंग जोड्दै उनले दक्ष चिकित्सक र दक्ष जनशक्ति तयार गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठापन सञ्चालन गर्नु आवश्यक भएको बताए । योग्यताअनुसारको काम र कामअनुसारको पारिश्रमिकको बन्दोबस्त भयो भने चिकित्सक र कर्मचारीहरु उत्साहित हुने बताउँदै उनले सेवाको स्थायित्व र बढुवाले कर्मचारीहरुको मनोबल अझ उँचो हुने बताए । उनले नाफा कमाउने भन्दा पनि सेवाको भावनाले स्वास्थ्य संस्थाहरु सञ्चालन हुनु आवश्यक भएको उल्लेख गर्दै रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा सुविधायुक्त स्वास्थ्य उपकरणहरु थप भएसँगै क्यान्सर पीडित जनतालाई स्वास्थ्य सेवा पाउन सहज भएको बताउँदै नेपाल सरकारले क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गराउन पहल गर्नुपर्नेमा जोड दिए । उनले सातवटै प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन गर्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण गर्दै सरकारी अस्पतालहरु सुविधासम्पन्न भए निजी अस्पतालमा गएर उपचार गर्नुपर्ने बाध्यताबाट मुक्त हुने बताए । भक्तपुर क्यान्सर अस्पताल स्थापना गर्न भक्तपुर नपाले जग्गा उपलब्ध गराइ सहयोग गरेको, अस्पतालमा ब्याप्त भ्रष्टाचार र अनियमितलाई रोक्न भक्तपुर नपाले गरेको पहल आदि प्रसंग स्मरण गर्दै उनले कुनै पनि संस्थाको भवन र उपचारलाई सुविधायुक्त बनाई जनशक्तिलाई दक्ष बनाउन सके संस्था दिगो रुपमा सञ्चालन हुने बताए । प्रमुख प्रजापतिले आधुनिक र सुविधासम्पन्न भवन निर्माणको लागि बजेटको व्यवस्था गर्नुपर्ने, कानुन बमोजिम दर्ता नभएका एनजीओ तथा आइएनजीओका प्रतिनिधि कुनै सरकारी संस्थाहरुको सदस्य मनोनयन गर्न नहुने, कर्मचारी विनियमको तत्काल संशोधन गरी कर्मचारीलाई स्थायित्व दिनुपर्ने, संघले सबै सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाउन सहयोग गर्नुपर्ने, सबै प्रदेशहरुमा क्यान्सर अस्पताल निर्माण गर्नुपर्ने र क्यान्सरका सबै उपचार निःशुल्क गर्नुपर्नेलगायतका विषयमा स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापा, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक उज्ज्वल चालिसेले स्वास्थ्य सेवाबारे चर्चा गरे । कार्यक्रममा मन्त्री पौडेलले नेपाल सरकारको सहयोगबाट स्थापना भएको मोडुलर ओ.टी र २५६ स्लाइसको सीटी स्क्यान मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारबाट भक्तपुर क्यान्सर अस्पतालको लागि अनुदानस्वरुप उपलब्ध भएको रेडियोथेरापी मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE