Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

चिनियाँ ह्याकरको निशानामा अमेरिकी र भारतीय इन्टरनेट सेवाप्रदायक कम्पनी

खबरडबली संवाददाता

काठमाडौं । चिनियाँ ह्याकरले अमेरिकी र भारतीय इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई निशाना बनाएका छन्।

सेक्युरिटी रिसर्चर्सका अनुसार ‘भोल्ट टाइफुन’ नामको यो ह्याकिङ समूहले क्यालिफोर्नियाको एक स्टार्टअप कम्पनीको बगको फाइदा उठाइरहेको छ। यो खुलासा लुमेन टेक्नोलोजी इंकको इकाइ ब्ल्याक लोटस ल्याब्सले गरेको हो। ब्ल्याक लोटस ल्याब्सले भोल्ट टाइफुनले भर्सा नेटवर्कको सर्भर उत्पादनमा भएको त्रुटिको फाइदा उठाएर ४ अमेरिकी कम्पनी र एक भारतीय कम्पनीको सिस्टम तोडेको जनाएको छ। यी ४ अमेरिकी कम्पनीमा इन्टरनेट सेवा प्रदायक पनि पर्छन्।

ब्ल्याक लोटस ल्याब्सले मंगलबार एक ब्लग पोस्टमा आफ्नो रिपोर्ट प्रकाशित गरेको छ। जसमा ‘मोडरेट कन्फिडेन्स’का साथ भनिएको छ, ‘बिना प्याच भर्सा सिस्टम उल्लंघनको पछाडि भोल्ट टाइफुनको हात छ। यो ह्याकिङ अझै जारी रहन सक्छ।’

भर्सा नेटवर्क कन्फिगरेसन व्यवस्थापन गर्ने सफ्टवेयर बनाउँछ। यसमा ब्ल्याकरक इंक र सिकोइया क्यापिटलजस्ता ठूला कम्पनीहरुको लगानी छ। भर्साले गत हप्ता यस बगका बारेमा जानकारी गराएको थियो। यसका लागि प्याच र अन्य सुरक्षा उपाय पनि जारी गरिएको थियो।

अमेरिकाले यस वर्ष भोल्ट टाइफुनलाई महत्त्वपूर्ण सेवाहरु प्रदान गर्ने नेटवर्कहरु घुसपैठ गरेको आरोप लगाएको छ। जसमा खानेपानी सुविधा, पावर ग्रिड र सञ्चार क्षेत्र पर्दछन्। अमेरिकाले चीनले भविष्यमा कुनै पनि संकट जस्तैः ताइवानमाथि आक्रमण गर्दा यी सेवाहरु अवरुद्ध गर्न यो गरिरहेको दाबी गरेको छ।

लुमेन र ब्लुमबर्गसँग साझा गरिएका कागजातहरुका अनुसार लुमेनले जुनको अन्त्यमा भर्सालाई आफ्नो निष्कर्षका बारेमा जानकारी गराएको थियो। क्यालिफोर्नियाको सान्ता क्लारामा रहेको भर्साले जुनको अन्त्यमा बगका लागि आपतकालीन प्याच जारी गरेको जनाएको छ। तर, यो जुलाईमा ग्राहकलाई व्यापक रुपमा थाहा हुन थाल्यो, जब एक ग्राहकले उल्लंघनको दाबी गरे।

भर्साले ग्राहकले फायरवाल नियमहरु र अन्य उपायहरुमार्फत आफ्नो प्रणालीको सुरक्षाका लागि पहिले प्रकाशित दिशानिर्देशहरु पालना नगरेको जनाएको छ। भर्साका प्रमुख मार्केटिङ अफिसर ड्यान मेयरले सोमबार एक ई–मेलमार्फत भनेका छन्, ‘सन् २०१५ ग्राहकलाई दिशानिर्देशहरुमा विशेष पोर्टमा इन्टरनेट पहुँच ब्लक गर्न सल्लाह दिइएको थियो तर पालना गरेनन्।’ –एजेन्सी 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको नयाँ प्रतिबद्धताः स्वाधीनता जोगाउने अठोटदेखि निर्वाचन सुधारसम्म

काठमाडौं । २२ कम्युनिस्ट तथा समाजवादी घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रको स्वाधीनता, सुशासन र संविधान संशोधनका एजेन्डासहित आफ्नो ...

धनुषामा २० वर्षीय युवकको घाँटी रेटेर हत्या

जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।  धनुषाको औरही गाउँपालिका वडा नं ६ स्थित खेतमा दुवै हात पछाडि गम्छाले बाँधिएको र ...

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन्। आयोगले...

पत्रकार अर्जुन आचार्यमाथि आक्रमणप्रति प्रेस सेन्टर नेपालको आपत्ति, कारबाहीको माग

काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्ना केन्द्रीय सदस्य तथा विराटनगरबाट प्रकाशित हुने ‘हाम्रो मत’ दैनिकका कार्यकारी सम्पादक अर्जुन आचार्यमाथि भएको आक्रम...

सरकारी भवनमा भित्तेचित्र कोरेको आरोपमा ९० वर्षीय वृद्ध पक्राउ

एजेन्सि । जापानी प्रहरीले ओसाका सहरमा सरकारी भवनमा भित्तेचित्र कोरेको आरोपमा ९० वर्ष उमेर हाराहारीका एक वृद्ध व्यक्तिलाई बिहीबार पक्राउ गरेको छ  ओस...

डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

काठमाडाै  । डलर साटिदिने भनी प्रलोभन देखाइ डलर देखाउने र डलरकै आकारमा काटिएको कागजको बिटा दिइ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा...

एजेन्डाकै बलमा चुनावी मैदानमा हाेेमिएका हाैैंं, तालमेलको चर्चा निराधार हाेः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एजेन्डा र जनसमर्थनको बलमा आगामी निर्वाचनमा जाने स्पष्ट पा...

जन्मठाउँ भरतपोखरीबाट एमाले उम्मेदवार रश्मि आचार्यको सम्पत्ति विवरण सार्वजनिक

पोखरा ।  आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–...

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र

दाङ । दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ ।   घोराही...

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE